दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
नेता पोखरेल परिवारको निवास घोराही उपमहानगरपालिका-१५ मा पुगेर आइतबार मुख्यमन्त्री आचार्यले दिवंगत पोखरेलप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो।
सिंगो नेपालको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउन पोखरेलले खेलेको भूमिका र पुर्याएको योगदानलाइ पार्टी पंक्तिले सधै सम्झिरहने मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गर्नुभएको छ।
‘दाङ जिल्लाको मात्र नभएर सिंगो देशको कम्युनिस्ट आन्दोलनलाइ उचाइमा पुर्याउन उहाँले खेलेको भूमिका सधै स्मरणीय रहनेछ।’ उहाँले भन्नुभयो, ‘समाज रुपान्तरण र परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका रहेको छ।’
एमाले महासचिव शंकर पोखरेलका दाजु देविप्रसाद पोखरेलको गत कात्तिक २३ गते ७४ वर्षको उमेरमा निधन भएको थियो।
प्रतिक्रिया