अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कीर्तिपुरको मेयर र वडाअध्यक्षमा जसपा नेपालबाट तेस्रोलिङ्गी महिला उम्मेदवार

कीर्तिपुरको मेयर र वडाअध्यक्षमा जसपा नेपालबाट तेस्रोलिङ्गी महिला उम्मेदवार


काठमाडौं-उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कीर्तिपुर नगरपालिकाको प्रमुख पद र वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ। 

मेयरमा दीपक महर्जन (हनि)ले उम्मेदवारी दर्ता गराएका छन् भने वडा-४ को अध्यक्षमा राजीब महर्जन (मौनी)ले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

जसपा नेपालबाट उम्मेदवारी दिएका दुवै जना यौनिक अल्पसंख्यक समुदायका हुन्। यहाँ मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपाले जनाएको छ ।