अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल भाँड्न र एकता भत्काउन कतिपयले भ्रम फैलाइरहेका छन्: प्रधानमन्त्री ओली

नेपाल भाँड्न र एकता भत्काउन कतिपयले भ्रम फैलाइरहेका छन्: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय शक्तिहरू नेपाललाई भाँड्न सामाजिक सद्भभाव बिथोल्न र अराजकता निम्त्याउन लागिपरेको भन्दै त्यसरी समृद्ध नेपाल बन्न नसक्ने बताउनु भएको छ। 

ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१औं राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साे कुरा बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सबै मिलेर मात्र नेपाल बन्छ। हामी सामाजिक सदभाव र न्यायका कुरा गर्छौ। नेपाल भाँड्नका लागि र हाम्रो एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेका छन्। तर हामी साम्प्रदायिक विद्षका पछाडि होइन, सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहन्छौँ। यो जातलाई खेद, अर्काे जातलाई खेद भन्दैनौँ। बैंकको ऋण नतिर्न उर्दी जारी गर्ने गरेको भन्दै बैङ्कको ऋण लिने अनि नतिर्ने भनेर उर्दी जारी गर्नु अराजकता हो। नयाँ नेपाल निर्माणको महान अभियानमा हामी छौैँ । नेपाललाई गरिबीबाट समृद्धि र सुखी बनाएरै छाड्नेछौं।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा भइरहेका अस्थिरताको अन्त्यको पक्षमा रहेको दाबी समेत गर्नुभयो। उहाँले भन्नुभयो, ‘यो सरकार सरकार, सरकार बनाउन होइन देशका समस्या र अस्थिरता समाप्त पार्न तथा विकृतिबाट मुक्त गर्न बनेको हो।’

सभ्य समाजमा अराजकता मौलाउन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘फेसबुक, युट्युब हेर्‍यो सुन्नै र हेर्नै नसकिने हुन्छ’, ओलीले भन्नुभयो, ‘एकले अर्कोलाई शत्रु होइन, मित्र देख्ने गर्नुपर्छ।’