अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पत्रकार महासंघको कोशी प्रदेश अध्यक्षमा भरत खड्का विजयी

पत्रकार महासंघको कोशी प्रदेश अध्यक्षमा भरत खड्का विजयी


काठमाडौं-नेपाल पत्रकार महासंघको कोशी प्रदेश अध्यक्षमा भरत खड्का निर्वाचित हुनुभएकाे छ।

मंसीर २८ गते शुक्रवार भएको मतदानबाट निकटतम प्रतिस्पर्धी विवेक गौतमलाई पराजित गर्दै महासंघको कोशी प्रदेश अध्यक्षमा खड्का निर्वाचित हुनुभएको हो। खड्काले ६१४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी गौतमले ३१७ मत ल्याउनुभयो । प्रेस चौतारी नेपाल र प्रेस युनियनको संयुक्त प्यानलबाट खड्काले उम्मेदवारी दिनुभएका थियो।

नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कुमाेद अधिकारी र महिला उपाध्यक्षमा अम्बिका भण्डारी निर्वाचित हुनुभएको छ। यसैगरी महासचिवमा हिमाकुमारी चेम्जोङ, (समावेशी) सचिवमा अरबिन्द कुमार मेहता र काेषाध्यक्षमा सुदिप काेइराला निर्वाचित हुनुभएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिवमा समेत खड्का समूहका उम्मेदवार विजयी भएका छन्। सचिव भने निर्विरोध निर्वाचित भएका थिए।