अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श

बीमामा प्रविधि सम्बन्धी सत्रको वक्तामा सानिमा लाइफका डिसीईओ कँडेल सहभागी हुँदै

बीमामा प्रविधि सम्बन्धी सत्रको वक्तामा सानिमा लाइफका डिसीईओ कँडेल सहभागी हुँदै


काठमाडौं-बैंकिङ्ग समाचार र नेपाल बीमा प्राधिकरणको सहकार्यमा २०८१ पुस २५ गते बिहीवार हुने दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा सानिमा लाइफ इन्स्योरेन्सका डिसीईओ निराजन कँडेल सहभागी हुने आयोजकले जनाएको छ। चार सत्र मध्येको तेस्रो ‘बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरू’ मा वक्ताका रूपमा सहभागी हुने आयोजकले जनाएको हो।

डिसीईओ कँडेलले वित्तीय क्षेत्रमा १४ वर्ष काम गरिसक्नुभएको छ। रिलायन्स लाइफ इन्स्यारेन्समा डेपुटी सीईओको रूपमा आउनुअघि उहाँले १२ वर्ष बैंकिङ्ग क्षेत्रमा काम गरिसक्नुभएको छ। निराजनले स्ट्याण्डर्ड चार्टर्ड बैंकमा ८ वर्ष काम गरेका छन् भने स्ट्याण्डर्ड चार्टर्डमा उहाँले व्यवसाय योजना व्यवस्थापकदेखि शाखा प्रबन्धकसम्मकाे भूमिका निर्वाह गरिसकेका छन्।

निराजनले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडमा पनि काम गरिसक्नुभएको छ। एससिबीमा सामेल हुनुअघि उहाँले बैंकको रेमिटेन्स युनिटको नेतृत्व पनि गर्नुभएको थियो । उहाँले कर्पोरेट बैंकिङ्गमा सम्बन्ध व्यवस्थापकको रूपमा काम गर्नुभएको थियो । उहाँले बैंकिङ्ग करिअर २००६ मा सिद्धार्थ बैंकबाट सुरु गर्नुभएको थियो । उहाँ नेशनल बैंकिङ्ग इन्स्टिच्युटका प्रशिक्षक पनि हुन्। उहाँले एसिसिएका साथै व्यवस्थापनमा मास्टर्स पनि गर्नुभएको छ।

बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुस २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो। कार्यक्रमको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेल गर्नुहुने आयोजकले जनाएको छ। उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरू, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने छ।

मुख्य रुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार व्यवसाय वृद्धिमा छलफल हुनेछ। दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरूको समाधान खोज्न सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।