अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोस्रो इन्स्योरेन्स डिस्कोर्श

पुनर्बीमा बजारसम्बन्धी सत्रको वक्तामा अर्थ मन्त्रालयका सह-सचिव रिसाल 

पुनर्बीमा बजारसम्बन्धी सत्रको वक्तामा अर्थ मन्त्रालयका सह-सचिव रिसाल 


काठमाडाैं-बैंकिङ्ग समाचार डट्कम र नेपाल बीमा प्राधिकरणको सहकार्यमा २०८१ पुस २५ गते हुने दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा अर्थ मन्त्रालयका सह-सचिव नारायण प्रसाद रिसाल वक्ताका रूपमा सहभागी हुनु हुने भएको छ। छलफलको चौथो सत्रको ‘नेपाली पुनर्बीमा बजारको सीमा विस्तारः व्यवसाय वृद्धिमा नवीनता’ शीर्षकमा हुने छलफलमा वक्ताका रूपमा रिसाल सहभागी हुने आयोजकले जनाएको हो।

करीब २१ वर्षको निजामती सेवा अनुभव सम्हालेका रिसाल विगत १ वर्षदेखि अर्थमन्त्रालयमा सह-सचिवकाे रूपमा कार्यरत हुनुहुन्छ। रिसाल यसअगाडि अख्तियार दुरुपयोग आयोग, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लगायत विभिन्न निकायमा कार्यरत हुनुहुन्थ्यो। साथै, उहाँले विभिन्न जिल्लाको स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारीलगायतका पदको कार्यअनुभव सम्हाली सक्नुभएको छ।

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको सदस्य,  पुँजी बजारका साथै विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा आबद्ध भइसकेका छन्। देउमाई नगरपालिका ७ इलाममा  जन्मिएका रिसालले  त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर र दक्षिण कोरियास्थित सुङक्युङ्कवान विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्। 

बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुस २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो। कार्यक्रमको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नुहुन आयोजकले जनाएको छ। उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने छ।

मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार व्यवसाय वृद्धिमा छलफल हुने छ। दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरूको समाधान खोज्न सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।