अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श हुँदै, अर्थमन्त्री पौडेलद्वारा उद्घाटन गर्नुहुने

आज दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श हुँदै, अर्थमन्त्री पौडेलद्वारा उद्घाटन गर्नुहुने


काठमाडौं-दोस्रो संस्करणको ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श-२०२५’ आयोजना आज हुने भएको छ। बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको संयुक्त आयोजनामा रिलायबल लाइफको मुख्य प्रायोजमा कार्यक्रम हुन लागेको हो।

काठमाडौंको मेरियट होटलमा आयोजना २०८१ पुस २५ गते दिउँसो १२:३० बजेदेखि शुरु हुने उक्त डिस्कोर्श कार्यक्रमको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नुहुने बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले जानकारी दिनुभयो।

विशेषगरी ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’मा मुख्य चार सत्रमा छलफल हुने प्रबन्ध निर्देशक ढुंगेलले जानकारी दिनुभयो। उहाँका अनुसार जीवन बीमा, निर्जीवन बीमा, पुर्नबीमा र बीमा क्षेत्रमा प्रविधिको प्रयोगसँग सम्बन्धित सत्र हुनेछन्। चार सत्रमा विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, बीमा प्राधिकरण र अर्थमन्त्रालयका प्रतिनिधिहरुको सहभागिता तथा विभिन्न बीमा विज्ञहरुको समेत सहभागी हुने प्रबन्ध निर्देशक ढुंगेलले बताउनुभयो। यसैगरी, भारतबाट दुई जना बीमा विज्ञ समेत डिस्कोर्शमा आउनुहुने उहाँले बताउनुभयो।

डिस्कोर्स कार्यक्रमको बैंकिङ्ग समाचारको फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण निर्देशक ढुंगेलले बताउनुभयो। निर्देशक ढुंगेलले भन्नुभयो, ‘हामीले डिस्कोर्शलाई लिएर धेरै सकारात्मक प्रतिक्रियाहरू पाइरहेका छौँ। हाम्रा शुभचिन्तक, सरोकारवालाहरूलाई लक्षित गरी हामीले प्रत्यक्ष प्रसारणको व्यवस्था गरेका हौं।’

देशको बीमा उद्योगको दिगो विकास, स्थायित्व र प्रबद्र्धन तथा ग्रामीण तहसम्म पहुँच विस्तारमा सकरात्मक भूमिका खेल्ने लक्ष्यसहित बैंकिङ्ग समाचारले २०८० सालदेखि इन्स्योरेन्स डिस्कोर्श आयोजना गर्दै आइरहेको छ। यसअघि बैंकिङ्ग समाचारले २०८० को भदौ १८ गते काठमाडौंको सोल्टी होटलमा डिस्कोर्श सम्पन्न भएको थियो।

डिस्कोर्शका क्रममा नेपालमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले भोग्दै आइरहेको समस्या र चूनौतीका विषयमा गहन छलफल गरेको थियो। यस्तै, लक्ष्यबमोजिम बीमाको विस्तार हुन नसक्नुको कारण खोजी भएको थियो भने भावी दिनमा बीमाको पहुँच र व्यवसाय विस्तारमा सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाको विषयमा बृहत् छलफल भएको थियो।

डिस्कोर्शको छलफलबाट निस्केको निष्कर्षलाई प्रतिवेदनकारुपमा तयार पार्दै आयोजक बैंकिङ्ग समाचारले अर्थमन्त्रालय र बीमा प्राधिकरणमा बुझाएको थियो। कार्यक्रम आयोजना गरेर दस्ताबेजका रुपमा प्रतिवेदन तयार पार्दै सरकारी निकायलाई बुझाउँदा भावी दिनमा नीति-निर्माण र व्यवसायको दिगो प्रबद्र्धन तथा विकासमा महत्वपूर्ण सहयोग पुग्ने सम्बन्धित निकायले बताएको थियो।