अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक

हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक


तेल अभिभ-प्यालेस्टिनी इस्लामी समूह (हमास)को लडाकु समूहले इजरायलसँगको युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणमा तीन बन्धकलाई रिहा गर्ने भएको छ।

आइतबार हमासले पहिलो चरणमा रिहा गर्ने तीन महिला बन्धकको नाम सार्वजनिक गरेको हो। टेलिग्राममा सार्वजनिक गरिएको पोस्टमा हमासले ती तीन जनाको नाम उल्लेख गरेको छ।

जस अनुसार २४ वर्षीय रोमी गोनेन, २८ वर्षीय एमिली डमारी र ३१ वर्षीय डोरेन स्टीनब्रेचर पहिलो चरणमा हमासको कब्जाबाट मुक्त हुने छन् । तीमध्ये एमिलीसँग इजरायल र ब्रिटेनको दोहोरो नागरिकता छ।

युद्धविराम सम्झौता अनुसार बन्धक तथा कैदी रिहाइको बारेमा २४ घण्टा अघि नै नाम सार्वजनिक गर्नुपर्ने भनिएको छ। सोही अनुसार हमासले पहिलो चरणमा रिहा गर्ने तीन जनाको नाम सार्वजनिक गरेको हो।

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछः हमास

प्यालेष्टिनी इस्लामी समूह (हमास) ले समूहले युद्धविराम सम्झौता अनुसार पहिलो चरणमा फिर्ता गर्ने भनिएका ३३ जना बन्धकको नाम सकेसम्म छिट्टै उपलब्ध गराउने बताएको छ ।

समूहका एक अधिकारीले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिने बन्धकको सूची तयार भइरहेको र यसलाई ‘कुनै पनि क्षण’ हस्तान्तरण गरिने बताए ।

उनले गाजामा देखिएको जटिलता र इजरायली बमबारीका कारण सूची निर्धारण कार्यमा ढिलाइ भइरहेको बताए ।

युद्धविराम वार्तामा सहभागी एक अधिकारीले भने,‘कुनै पनि बेला पहिलो तीन कैदीको नाम हस्तान्तरण गरिनेछ, तर फिल्ड स्थितिको जटिलता र निरन्तर बमबारीले यसलाई ढिलो बनाएको छ ।’

यसअघि, इजरायलले हमासले सूची हस्तान्तरण गर्न नसकेका कारण युद्धविराममा ढिलाइ भएको बताएको थियो ।