अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोस्रो पटक सत्ता सम्हाल्दै ट्रम्पको उदघोष: अमेरिकाको स्वर्णिम युग सुरु भइसक्यो

दोस्रो पटक सत्ता सम्हाल्दै ट्रम्पको उदघोष: अमेरिकाको स्वर्णिम युग सुरु भइसक्यो


काठमाडौं-डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ। शपथ ग्रहणपछि उहाँले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने योजना प्रकट गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले राष्ट्रको भविष्य प्रगतिका लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आफ्नो शपथ ग्रहण समारोहमा उनले अमेरिकी जनतालाई एकताबद्ध भएर काम गर्न आह्वान गर्नुभएको छ। यो नयाँ युगले अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय भएको उहाँको दाबी छ। यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको राष्ट्रपति ट्रम्पले बताउनु भयो।

ह्वाइट हाउसमा ट्रम्पको यो दोस्रो कार्यकाल हो। आफ्नो उद्घाटन भाषणमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘आजबाट अमेरिकाको स्वर्ण युग सुरु भएको छ । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ।’ राष्ट्रपति ट्रम्पले अमेरिकाको सार्वभौमसत्ता, सुरक्षा र न्यायको सन्तुलन पुनर्स्थापित हुने प्रतिज्ञा गर्नुभयो । राष्ट्रपति ट्रम्पले न्याय विभागको अनुचित र भेदभावपूर्ण प्रयोग अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। – एजेन्सी