अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेमा जाने तय भइसक्यो: बामदेव गौतम

एमालेमा जाने तय भइसक्यो: बामदेव गौतम


काठमाडौं-नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेमा जाने तय भइसकेको बताउनु भएको छ।

नेता गौतमले आफू २ वर्षदेखि एमालेमा फर्किने प्रयत्नमा रहेको भए पनि अब चाहिँ एमालेमा जाने तय भएको बताउनुभयो। यद्यपि, कुन पद लिएर कहिले जाने हो भन्ने विषय भने नटुंगिएको गौतमको भनाइ छ।

‘एमालेमा फर्किन लागेको २ वर्ष भयो,’ नेता गौतमले भन्नुभयो, ‘अब नअल्मलिने, एमालेमै जाने भएँ। जाने भने तय भइसक्यो। समय तय भएको छैन। समय र स्थान सबै उतैबाट आउँछ।’

नेता गौतम यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि वार्ता गर्नुभएको थियो।