काठमाडौँ-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक वाक स्वतन्त्रतामाथि नियन्त्रण गर्न नभइ प्रभावकारी नियमनका लागि भएको दाबी गर्नुभएको छ।
शुक्रवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रमुख सचेतक महेश बर्तौलाले यस्तो दाबी गर्नुभएको हो। उहाँले सञ्चारमाध्यमहरुले वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न कानून ल्याउँदै छ भनेर बहस र प्रचार गरेको कुरा गलत भएको बताउनु भयो।
उहाँले सरकारले वाक स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने गरी नभइ नियमन गर्न र अनुशासनको दायरामा राख्न विधेयक ल्याएको दाबी गर्नुभयो। प्रभावकारी नियमनका लागि कानूनी प्रवन्धहरु जरुरी रहेकाले विधेयक ल्याइएको बताउनुभयो।
‘मिडियाको वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न कानून ल्याउँदै छ भनेर बहस र प्रचार गरेको कुरा मिलेको छैन। सरकारले वाक स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी होइन, नियमन गर्न, अनुशासनको दायरामा राख्नको लागि यी विधेयक ल्याएको छ‚’ उहाँले भन्नुभयो, ‘संसदमा छलफल चलाएको छ। नियन्त्रणका लागि होइन, प्रभावकारी नियमनका लागि कानूनी प्रवन्धहरु जरुरी छ। त्यसका लागि सरकारले काम गर्दछ।’
प्रतिक्रिया