अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवैध रूपमा अमेरिका बस्दै आएका १० नेपाली लिएर अमेरिकी जहाज काठमाडौं आउँदै

अवैध रूपमा अमेरिका बस्दै आएका १० नेपाली लिएर अमेरिकी जहाज काठमाडौं आउँदै


काठमाडौं-वैध रूपमा अमेरिका बस्दै आएका १० जना नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाडौं आउँदैछ। अमेरिकी चार्टर जहाज बिहान १० बजे काठमाडौं आइपुग्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि अवैध आप्रवासीहरूलाई फिर्ता गर्ने घोषणा गरेका थिए । उनले आफ्नो चुनावी अभियानमै पनि अवैध आप्रवासीहरूलाई फिर्ता पठाउने घोषणा गरेका थिए ।

अमेरिकाले पहिलो चरणमा विभिन्न देशका साढे १४ लाख आप्रवासीलाई देश निकाला गर्ने जनाएको छ । यसमा एक हजार तीन सय ६५ जना नेपाली रहेका छन् ।