अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकाबाट निकालिएका नेपालीहरुलाई लिएर आइपुग्यो अमेरिकी जहाज

अमेरिकाबाट निकालिएका नेपालीहरुलाई लिएर आइपुग्यो अमेरिकी जहाज


काठमाडौँ- अमेरिकाबाट निकालिएका नेपालीहरुलाई बोकेर आएको विमान काठमाडौँ अवतरण भएको छ ।

अहिले विहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरूलाई लिएर आएको जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति लिएको ट्रम्प प्रशासनले १० नेपालीलाई आज चार्टर विमानबाट नेपाल पठाएको हो।

ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएको छ।ट्रम्प प्रशासनले यसअघि २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।