काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन बुझाउनुभएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउनुभएको हो।
संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हो।





प्रतिक्रिया