अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी


काठमाडौँ-सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बैठक केही बेर अघि सुरु भएको हो।

 बैठकमा सरकार सञ्चालन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमतका अध्यक्ष सीके राउत, गृहमन्त्री रमेश लेखक, एमाले महासचिव शंकर पोखरेल,उपमहासचिव विष्णु रिमाल, जसपाका अध्यक्ष अशोक राईलगायत नेताहरु सहभागी हुनुहुन्छ।