अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुलमान बर्खास्तीबारे प्रधानमन्त्री ओलीको टिप्पणी: तिललाई पहाड बनाइँदैछ, केही अर्थ छैन

कुलमान बर्खास्तीबारे प्रधानमन्त्री ओलीको टिप्पणी: तिललाई पहाड बनाइँदैछ, केही अर्थ छैन


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति तिललाई पहाड बनाउन खोजिएको टिप्पणी गर्नुभएको छ।

कांग्रेस नेत्री सुजता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ससाना कुराहरुलाई तिलको पहाड बनाएर, त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ। अहिले पनि एउटा सानो त्यान्द्रो पाएजस्तो लाग्यो केही मान्छेलाई। खुब उफ्रिराख्या छन्। के-के न पायौं भनेर, इस्यू भेटियो भनेर कुदिराख्या छन्। हिजैदेखि सुरु छ वक्तव्यबाजी। यही मौका हो, यही त्यान्द्रो, यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुद्या छन् । केही अर्थ छैन। हामीले देश र जनताको हितका लागि काम गर्नुपर्छ।’

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।