अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बारुदी सुरुङ जागरूकता दिवस आज

बारुदी सुरुङ जागरूकता दिवस आज


काठमाडौँ-‘सुरक्षित भविष्य यहाँबाट सुरु हुन्छ’ नाराका साथ आज विश्वभर बारुदी सुरुङ जागरूकता र सहयोगका लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै छ ।

सन् २००५ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । युद्ध एवं  सशस्त्र द्वन्द्वका बेला बिछ्याइएका बारुदी सुरुङ तथा प्रयोग भएका विस्फोटक पदार्थका अवशेष र विस्फोटक उपकरणहरू आज पनि चुनौती बनेका छन् ।

औसतमा प्रत्येक घण्टा यस्ता विस्फोटक उपकरणबाट एक जनाको मृत्यु वा घाइते हुने गरेको छ ।  बारुदी सुरुङ विस्फोटबाट सबैभन्दा धेरै बालबालिका पीडित हुने गरेका छन् ।