अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले लोकतान्त्रिक गणतन्त्रको पक्षमा चैत २६ गते सुर्खेतमा जनसभा गर्ने

एमालेले लोकतान्त्रिक गणतन्त्रको पक्षमा चैत २६ गते सुर्खेतमा जनसभा गर्ने


काठमाडौं-लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा देशव्यापी जागरण अभियान अन्तर्गत नेकपा (एमाले) सुर्खेतले २०८१ चैत २६ गते जनजागरणसभा आयोजना गर्ने भएको छ।

देशमा लोकतन्त्र र गणतन्त्रमा धावा बोल्न थालिएको भन्दै एमालेको जिल्ला कार्य समिति सुर्खेतले जनसभासभाको आयोजना गर्ने भएको हो। बिहान ११ बजे वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरू भई पिपलचौतारामा सभामा परिणत हुने जनाएको छ।

पछिल्लो लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समयमा देखिएका अराजकताविरुद्ध जनसमर्थन र सकारात्मक सन्देश प्रवाहका लागि सभा आयोजना गर्न लागिएको नेकपा(एमाले) सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताउनुभयो। ‘एमाले महासचिव शंकर पोखरेलले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ,’ उहाँले भन्नुभयो,‘सभालाई व्यवस्थित बनाउनका लागि बिभिन्न समिति पनि गठन गरिएका छन्।’