अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनप्रशासन क्याम्पसमा निर्वाचन अधिकृत निर्वाचन प्रक्रियालाई पूर्णता दिनबाट किन भाग्दैछन् ?

जनप्रशासन क्याम्पसमा निर्वाचन अधिकृत निर्वाचन प्रक्रियालाई पूर्णता दिनबाट किन भाग्दैछन् ?


काठमाडौं-स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन गराउन जनप्रशासन क्याम्पसमा लेक्चर केशवराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन समिति गठन भएको थियो।

जनप्रशासनमा अनेरास्ववियुको बलियो मत देखेपछि नेबिसंघ, अखिल क्रान्तिकारी, तथा अन्य मधेसवादी दलहरु सबै एक भएर अनेरास्ववियु एक्लै निर्वाचनको मैदानमा होमिए।

निर्वाचन प्रक्रियामा सामेल सबै संगठन समूह एक भएर चुनावी मैदानमा होमिदा पनि अनेरास्ववियु प्रति विद्यार्थीको माया सद्‌भाव देख्दा नेविसङ्घका पूर्व स्ववियु सभापति हाल निमित्त क्याम्पस प्रमुख हरिभक्त शाही आत्तिदै शिक्षक कर्मचारीलाई र सिंगो प्रशासनलाई अनेरास्ववियुका विरुद्धमा परिचालन गर्छन् र करारका शिक्षक कर्मचारीलाई अनेरास्ववियुलाई हराउन र संयुक्त गठबन्धनलाई समर्थन गर्न गठबन्धनका पक्षमा माहोल सिर्जना गर्न आन्तरिक निर्देशन दिन्छन र सोही बमोजिम उहाँका भतिज भूपेन्द्र शाहीले परीक्षा शाखाबाट आइडी कार्ड, तथा आवश्यक डाटामा सहयोग गर्छन्, निर्वाचन अधिकृत जो नेविसङ्घ कै पूर्व सभापति उहाँले आयल निगमको चौथो पांचौं तहको कर्मचारी वीरेन्द्र चन्द्रलाई उनलाई अनधिकृत रुपमा मतगणना मै सामेल गराउछन् उनले मतगणनालाई प्रभावित पार्छन्, निमित्त क्याम्पस प्रमुख हरिभक्त शाहीले कोर्ष कन्ट्याक्ट मार्फत भर्ति गरेका अर्का अजय पराजुली, प्रकाश घिमिरेहरु अनेरास्ववियुका विरुद्ध विद्यार्थीसंग मत माग्न गोप्य बैठक नै गर्छन आन्तरिक मुल्यांकनमा अंक दिने नदिने जस्ता धम्की दिदै त्रसित पार्छन र पनि अनेरास्ववियुलाई विजयी गराउन रोक्न सक्दैनन्। समानुपातिकमा सबै भन्दा धेरै मत र म्यान अफ दि इलेक्सन अनेरास्ववियुका उम्मेदवार हुदै अनेरास्ववियुको बहुमत प्राप्त हुन्छ।

अब बहुमत देखेर आत्तिएका निमित्त क्याम्पस प्रमुख, अन्य संगठन, निर्वाचन अधिकृतहरु समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्य मध्यबाट स्ववियु उपाध्यक्ष र सहायक सचिवको निर्वाचन गराउन बाट विमुख हुन्छन्। अनेरास्ववियुबाट निर्वाचित साथिहरुले बहुमत सहितको बैठक बसि महेश जोशीलाई उपाध्यक्ष र हेमन्त शाहीलाई सहायक सचिव निर्वाचित गर्न निर्वाचन प्रक्रिया अगाडि बढाइदिन निर्वाचन कमिटीलाई निवेदन दिदा निर्वाचन कमिटी भने सुरुमा निर्वाचन नगरि सपथ ग्रहण र प्रमाणपत्र वितरण गर्न तल्लीन रहन्छ अनि अनेरास्ववियुले अन्य त्रिभुवन विश्वविद्यालय अन्तर्गत निर्वाचन भएका क्याम्पसमा कसरी उपाध्यक्ष र सहायक सचिव निर्वाचित गराएका छन हेर्नुस अनुगमन गर्नुस, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिसँग राय लिनुस र उपाध्यक्ष र सहायक सचिव निर्वाचन प्रक्रिया अगाडी बडाउन अनुरोध गर्दै तालाबन्दीसमेत गर्छ।

कानुनी सल्लाहकारसँग राय मागे पश्चात उपाध्यक्ष र सहायक सचिव निर्वाचित पश्चात सपथ ग्रहण र प्रमाणपत्र वितरण गर्दै निर्वाचन प्रक्रिया टुंगिने र सो काम निर्वाचन समितीको हुने राय प्राप्त हुन्छ तर सो रायलाई समेत अटेरी गर्दै निर्वाचन अधिकृत केशव पाण्डे अनेरास्ववियुलाई उपाध्यक्ष र सहायक सचिव बनाउनु भन्दा राजीनामा दिन्छु भन्दै, अपूर्ण स्ववियुको परिकल्पना गर्दै उपाध्यक्ष र सहायक सचिव बिनाको सपथ ग्रहण कार्यक्रम आयोजना गरि मिति सार्वजनिक गर्दै आफु भने सम्पर्क विहिन हुन्छन्।


स्ववियु अध्यक्ष अग्र बहादुर शाहीले अनेरास्ववियुले भने तत्काल निर्वाचन सम्पन्न गरेर विद्यार्थी र प्रशासनलाई जोड्ने स्ववियुलाई पूर्णता दिएर विद्यार्थी क्याम्पस तथा समग्र विश्वविद्यालयको हित हुने काममा सबैले सहयोग गर्नुपर्ने र विधिको शासन स्थापित गराउन अग्रसर रहनु पर्नेमा अडान राखेको जानकारी दिनुभयो। निर्वाचन अधिकृत केशव पाण्डेले निर्वाचनमा यो सबै गर्नुमा क्याम्पस प्रमुख बन्न सकिन्छ कि भन्ने आशय बोकेको बुझिएको छ। स्ववियुले भने अझै पूर्णता पाउन सकेको छैन।