काठमाडौं-नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ। नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाउनु भएको हो।
ढुंगाना नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन बुझाउन अर्थ मन्त्रालय पुग्नुभएको हो। सो क्रममा ढुंगानाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराएको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रतिक्रिया