काठमाडौं-सरकारले दमकको भ्यू टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झापाको दमकमा रहेको ‘दमक व्यापारिक कम्प्लेक्स’लाई शुल्क लिएर सञ्चालन गर्न गर्न दिने निर्णय गरेको हो।
आज सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले २०८२ वैशाख २५ गते र ३१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सो कुरा जानकारी दिनुभयो।
सरकारले डेढ अर्ब खर्च गरेर भ्यूटावर बनाएको हो। व्यावसायिक केन्द्र बनाउने भनिएको टावर १ सय मिटर अग्लो बनेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २७ असार २०७६ मा उक्त टावरको शिलान्यास गर्नुभएको थियो।
प्रतिक्रिया