काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी स्पेन भ्रमण सम्पन्न गरी शुक्रबार (आज) स्वदेश फर्कंदै हुनुहुन्छ। प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा स्पेनबाट कतारको दोहा प्रस्थान गर्नुभएकाे छ।
स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भई मेड्रिडका कार्यक्रम सकेर प्रधानमन्त्री ओली स्वदेश प्रस्थान गर्नुभएकाे हाे।
प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे दोहा प्रस्थान गर्नु भएकाे हाे। प्रधानमन्त्री दोहा प्रस्थान गर्नुअघि उहाँलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र अधिकारीहरूले विदाइ गरेका थिए।
प्रधानमन्त्री ओली शुक्रबार अपराह्न काठमाडौँ आइपुग्नुहुने जनाइएको छ। अन्तर्राष्ट्रिय विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एक दशकको अन्तरालमा स्पेनको सेभिया सहरमा आयोजना गरिएको थियो।
संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ असार १४ गते स्पेन प्रस्थान गर्नुभएको थियो।







प्रतिक्रिया