अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला


काठमाडौँ- सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका  डाक्टर बालाजुमा फेला परेका छन्। डा‍. केशव श्रेष्ठलाई प्रहरीले काठमाडाैँको बालाजुमा सकुशल फेला पारेकाे हाे।

जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा डा‍. श्रेष्ठलाई फेला पारेको काठमाडौँका प्रहरीले जानकारी दिए। सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर बेपत्ता भएका डा‍. श्रेष्ठलाई प्रहरीले खोजी तीव्र पारेकाे थियो। डा‍. श्रेष्ठलाई प्रहरीले बालाजुको एक होटलमा सकुशल फेला पारेको हो। 

डा‍. श्रेष्ठलाई प्रहरी टोलीले उद्धार गरेर प्रहरी परिसर काठमाडौँ कार्यालयमा ल्याउँदै छ।

रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा‍. श्रेष्ठले सामाजिक फेसबुकमा अलविदा लेखेर मोबाइल बन्द गरेका थिए। डा‍. श्रेष्ठले सोमबार बिहान फेसबुकमा सबै जनालाई अलविदा, मलाई माफ गरिदिनु भन्दै लेखेका थिए।  

१८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा.श्रेष्ठले आफूलाई काम गर्न नदिएका कारण यस्तो कदम चाल्न बाध्य भएको उल्लेख गरेका थिए।