अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचेतक घतानीको प्रश्न- प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्नुभयो कि फेसबुकलाई ?

एमाले सचेतक घतानीको प्रश्न- प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्नुभयो कि फेसबुकलाई ?

बजारमा ग्यास छैन, तर सरकार कहाँ छ ?


काठमाडौं-नेकपा (एमाले) की सांसद तथा सचेतक निता घतानीले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा दिने सम्बोधन सरकारी सञ्चार माध्यमभन्दा बढी निजी फेसबुक पेज र मनिटाइजेसनमा केन्द्रित भएको भन्दै आपत्ति जनाएकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले प्रविधिको प्रयोग सकारात्मक भए पनि राज्यका आधिकारिक सञ्चार माध्यमलाई बेवास्ता गर्दै फेसबुकको भ्युज बढाउने प्रवृत्तिमा प्रधानमन्त्री लागेको आरोप लगाइन्।

सचेतक घतानीले भनिन्, ‘प्रधानमन्त्रीको सम्बोधन फेसबुक एकाउन्टबाट आउँछ। प्रधानमन्त्रीज्यू, राष्ट्रलाई सम्बोधन गर्नुभएको हो कि आफ्नो फेसबुक पेजको भ्युज र मनिटाइजेसन बढाउनुभएको हो ? डिजिटल सरकार ठीक छ, प्रविधिको प्रयोग गरौँ, तर राज्यको आधिकारिक संस्था बाइपास गरेर फेसबुकको भ्युजबाट देश चलाउने होइन।’

सांसद घतानीले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट नेपालले पनि भारतको सीमा मिचेको आशय व्यक्त गरेको भन्दै त्यसको कडा प्रतिवाद गरिन्। उनले यस्तो संवेदनशील विषयमा कुन तथ्य, प्रमाण र कूटनीतिक आधारमा अभिव्यक्ति दिइएको हो भन्ने प्रश्न उठाउँदै उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरिन्।

‘कुन तथ्य, प्रमाण र कूटनीतिक आधारमा प्रधानमन्त्रीले यस्तो संवेदनशील विषयमा बोल्नुभयो ? ’उनले भनिन्, ‘सत्ता र सरकार अस्थायी हुन्, तर भूगोल र सार्वभौमसत्ता स्थायी हुन्छ। आफ्नो देशको अस्मितामाथि प्रश्न उठाउने अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाइनुपर्छ र प्रधानमन्त्रीले यसमा माफी माग्नुपर्छ।’

‘सत्ता र सरकार अस्थायी हुन्, तर भूगोल र सार्वभौमसत्ता स्थायी हुन्छ,’ उनले भनिन्, ‘आफ्नो देशको अस्मितामाथि प्रश्न उठाउने अभिव्यक्ति स्वीकार्य हुन सक्दैन।’

घतानीले देशका विभिन्न वर्ग र समुदायका समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप पनि लगाइन्। सहकारी पीडितहरू बचत फिर्ताको पर्खाइमा रहेको, सुकुम्वासीहरू बासको चिन्तामा रहेको तथा आम नागरिकका समस्या सम्बोधन गर्न सरकार असफल भएको उनको भनाइ थियो।

किसानले समयमा मल र उत्पादनको उचित मूल्य नपाएको, गरिब नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाइरहँदा बन्द भएको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार असफल भएको, बजारमा ग्यासको अभाव र महङ्गीले सीमा नाघेको बताइन् । उनले भनिन्, ‘बजारमा ग्यास छैन, तर सरकार कहाँ छ ?’