काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन, ‘राष्ट्रिय युवा संघ’को संयोजकबाट रामप्रसाद सापकोटा दीपशिखालाई हटाइएको छ।
प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भएसँगै प्रचण्ड-माधव समूहमा लागेका दीपशिखालाई प्रधानमन्त्री ओली समूहले जिम्मेवारीबाट हटाएको हो।
आइतबार ललितपुरको च्यासलमा बसेको बैठकले दीपशिखालाई संंयोजकबाट हटाएको हो।
युवा संघ इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकले सापकोटालाई निष्कासन गरेपछि पौडेलको अध्यक्षमा बैठक शुरु भएको छ।
यहि बैठकले युवा संघको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । अध्यक्षका लागि रमेश पौडेल,किरण पौडेल र वचनवहादुर सिंहले दावी गरेका छन् भने महासचिवमा क्षितिज थेबे र रमेशआर्चायको दाबी छ।
आफूलाई संयोजकबाट हटाएपछि दीपशिखाले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया