अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वाधार विकासमा निजी क्षेत्रको सहकार्य जरुरी छ: मन्त्री दाहाल

पूर्वाधार विकासमा निजी क्षेत्रको सहकार्य जरुरी छ: मन्त्री दाहाल


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको पनि सहकार्य जरुरी रहेको बताउनु भएको छ।

सिमेन्ट उत्पादक संघले सोमबार ललितपुरमा गरेको क्रंक्रिट सडक ढलान सम्वन्धिको कार्यक्रममा निजी क्षेत्रसँग साझेदारी गरी पूर्वाधार विकास गर्न सरकारले पनि अध्ययन गरि रहेको बताउनुभयो।

विश्वका कतिपय मुलुकमा निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्ने र त्यसबाट निश्चित लाभांश समेत लिने अभ्यास रहेको उल्लेख गर्दै यस्ता सम्भाव्य क्षेत्रको पहिचान आवश्यक रहेको समेत उहाँले उल्लेख गर्नुभयो।

नेपालको भौगोलिक विशिष्टता, सिमेन्ट उत्पादनमा गरेको प्रगती र टिकाउपनाका कारण कंक्रिट सडक निर्माणलाई अध्ययन गरि प्रवद्र्धन गर्न सकिने पनि उहाँले बताउनुभयो ।

नेपाल अहिले निर्माणको चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले सुरु भएका आयोजनाहरुलाई निर्धारित समयमानै पूरा गर्न र अब शुरु गरिने आयोजनाहलाई समेत तोकिएकै समयमा पूरा गराउने वातावरण वनाउन आश्यक रहेको बताउनुभयो।

कार्यक्रममा विज्ञहरुले सिमेन्ट ढलान गरिएका सडक प्रारम्भिक रुपमा खर्चिलो भए पनि टिकाउपनाका कारण दिर्घकालिन रुपमा किफायती हुने बताएका थिए। कार्यक्रममा शहरी विकास मन्त्री प्रकाशमान सिंह, उद्योग मन्त्री दामोदर भण्डारी लगायतले समेत बोल्नु भएको थियो।