अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारसँग बहुमत छ, हामी निहुँ खोज्दैनौँ : देउवा

सरकारसँग बहुमत छ, हामी निहुँ खोज्दैनौँ : देउवा


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारसँग आफूहरूले निहुँ नखोज्ने बताउनुभएको छ ।

आफ्नै निवास बुढानिलकण्ठमा आइतबार भएको कार्यक्रममा देउवाले यस्ताे बताउनुभएको हो । सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेको देउवाले प्रष्ट पार्नुभयो ।

‘प्रचण्डजीहरूले समर्थन फिर्ता लिनुभएको छैन, त्यसैले अहिले बहुमतकै सरकार छ, बहुमतप्राप्त सरकार भएको बेला हामीले अरू कुनै कुरा सोच्ने कुरा छैन ।’

ओली नेतृत्वकै सरकारलाई मानेर अगाडि बढ्न आफूहरू तयार रहेको पनि देउवाले बताउनुभयो । आफूहरू प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने तर पाए नछाड्ने पनि देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी प्रधानमन्त्री पदको लागि लालायित छैनौँ, तर राजनीतिक परिस्थितिबाट यदी भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि पनि हट्दैनौँ ।’

अहिले देशको राजनीति अन्त्यन्तै तरल अवस्थामा रहेको भन्दै देउवाले भन्नुभयो, ‘स्थिति यतै जान्छ भन्नसक्ने अवस्था छैन, अवस्था जस्तो आउँछ, हामी त्यहीअनुसार अगाडि बढ्छौँ ।’