अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

चाइनिज ताइपेईविरुद्ध नेपालको सानदार जीत

चाइनिज ताइपेईविरुद्ध नेपालको सानदार जीत


काठमाडौं– फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरण खेलमा नेपालले सानदार दोस्रो जित हात पारेको छ।

बिहीबार कुवेत सिटीमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोलले पराजित गरेको हो।

नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे। यसअघि नेपालले ताइपेईलाई नै २-० गोलले पराजित गरेको थियो।

अब नेपालले छनोटमा जोर्डनसँग जेठ २४ गते र अस्ट्रेलियासँग जेठ २८ गते खेल्नेछ।

जितसँगै नेपालको समूहमा चौथो भएर एसियन कपको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना बढेको छ।