रुपन्देही-प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबले बागमती प्रदेशलाई २६३ रनको लक्ष्य दिएको छ।
रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६२ रन बनायो। आर्मीका लागि सन्तोष कार्कीले अद्र्धशतकीय पारी खेले। उनले ९८ बलको सामना गर्दै १० चौका र एक छक्का हान्दै ७६ रन बनाए।
यस्तै विनोद भण्डारीले ५० बल खेल्ने क्रममा ५ चौका प्रहार गरी अविजित ४७ रन बनाए। तिर्तराज दासले ३६, विवेक यादवले ३० र कुशल मल्लले २६ रन बनाए।
बलिङतर्फ बागमती प्रदेशका लागि प्रतिश जिसी, राजन ढकाल र ईशान पाण्डेले दुई दुई तथा सोनु देवकोटाले एक विकेट लिए। अहिले बागमती प्रदेशले आर्मीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ।
प्रतिक्रिया