अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले विधान महाधिवेशन प्रक्रिया रोकिँदैनः गोकुल बास्कोटा

एमाले विधान महाधिवेशन प्रक्रिया रोकिँदैनः गोकुल बास्कोटा


काठमाडौं- पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टीको विधान महाधिवेशन प्रक्रिया नरोकिने स्पष्ट पार्नुभएको छ ।

शुक्रबार बिहान ट्विट गर्दै बास्कोटाले एमालेको सदस्यता नवीकरण र महाधिवेशन प्रक्रिया नरोकिने स्पष्ट पार्नुभएको हो । ‘न नवीकरण प्रक्रिया रोकिन्छ, न त विधान महाधिवेशन नै,’ बास्कोटा लेख्नुहुन्छ, ‘पार्टी नै भाँड्न खोज्नेका माग सुन्न पर्दैन। आए गल खेत छँदैछ, गए झोडा फाँडेर खुइ काड्लान। त्यो पनि नभए देउवाको भजनकृतन मण्डलीको सदस्य बन्ने, देउवा मन पर्छ भन्ने, टिकटक बनाउने।’

एमालेको माधवकुमार नेपाल समूहले सदस्यता नवीकरण र विधान महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै आएको छ ।