अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनएमबी बैंकले एक्यान सदस्यलाई विशेष वित्तीय सेवा दिने

एनएमबी बैंकले एक्यान सदस्यलाई विशेष वित्तीय सेवा दिने


काठमाडौं-एनएमबी बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)सँग सम्झौता गरेको छ।

एक्यानमा आबद्ध सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले उक्त सम्झौतामा उल्लेख गरेको छ।

यो सहकार्य एनएमबी बैंकको समावेशी र मूल्य-आधारित बैंकिङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेसागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यले सम्पन्न गरिएको हो।

एनएमबी बैंकले वित्तीय साक्षरताको प्रवर्द्धन र आर्थिक विकासमा उनीहरूको भूमिकालाई मान्यता दिँदै विशेष सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको हो।

एक्यान सदस्यहरूले बैंकबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट, सरल कागजात प्रक्रिया, एनएमबी भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रिन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवाहरूको उपभोग गर्न सक्नेछन्।

साथै, एनएमबीको प्राथमिक बैंकिङ सेवाअन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा विशेष सुविधाहरू पनि प्रदान गरिनेछ।

हाल एनएमबी बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।