अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

 नेइमारको टिम अल हिलाल नाभ्बाहोर नामांगमसँग बराबरीमा रोकियो

 नेइमारको टिम अल हिलाल नाभ्बाहोर नामांगमसँग बराबरीमा रोकियो


काठमाडौँ–ब्राजिलियन फरवार्ड नेयमारको टिम अल हिलाल एएफसी च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा नाभ्बाहोर नामांगमसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

सोमबार राति उज्वेकिस्तानी क्लब नामांगमले साउदी प्रो लिगको क्लब अल हिलाललाई उसैको घरमा बराबरीमा रोकेको हो ।

साउदी अरेबियाको रियादस्थि किङ फहाद रंगशालामा दुवै गोल दोस्रो हाफमा भएको थियो । टोमा टादाटाद्जीले ५२औँ मिनेटमा गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए ।

तर, इन्जुरी समयमा अली अल बोलेहीले गोल गर्दै घरेलु टिमलाई हारबाट बचाएका थिए । यो बराबरीसँगै समूह ‘डी’ मा रहेका दुवै टिमले समान एक अंक जोडेका छन् ।

यो समूहमा अल हिलाल र नामांगमसँगै भारतीय क्लब मुम्बई सिटी एफसी र इरानी क्लब एफसी नासाजी माजानदारन छन् ।