अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहुप्रतीक्षित मेलम्ची सपना

मेलम्चीको पानी सुन्दरीजलमा झरेपछि प्रधानमन्त्रीको त्यो मुस्कान…

मेलम्चीको पानी सुन्दरीजलमा झरेपछि प्रधानमन्त्रीको त्यो मुस्कान…


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समय देखिको सपना रहेको मेलम्ची पानी अबका केही दिनमै राजधानीबासीले पाउने बताउनुभएको छ ।

मेलम्चीको पानीलाई सुरुङमार्ग हुँदै काठमाडौं झार्ने कार्यको शनिबार शुभारम्भ गर्दै प्रधानमन्त्रीले यो राजधानीबासीका लागि खुसी मनाउने अवसर भएको बताउनुभयो । ‘जतिबेला पायो त्यतिबेला लड्डु खाने होइन । यसबेलामा लडु खाने हो,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले विगतमा असावधानी र प्राविधिक त्रुटिले भएको बताउँदै अबका दिनमा पानी ल्याउँदा हुनसक्ने सम्भावित जोखिमबारे मेलम्ची खानेपानी आयोजना सजग रहन पनि निर्दैशन दिनुभयो ।

मेलम्ची कुरा मात्रै हुने हो कि भन्ने अवस्था सिर्जना भएको पनि उहाँले बताउनुभयो । ‘मैले कुरा सुन्दा जम्मै कपाल कालो थियो । अहिले सम्पन्न हुँदा एउटा पनि कालो कपाल बाँकी छैन,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले अहिले थुपै कामहरु अघि बढेको उल्लेख गर्दै आफूलाई काम गर्न नदिएको अहिले प्रमाणित भएको समेत बताउनुभयो । दोस्रो चरणमा यांग्री र लार्के खोलाबाट पनि थपेर पुरै उपत्यकालाई यथेष्ट पुग्ने पानी वितरण गरिने पनि उहाँले बताउनुभयो । यसका लागि पाइपहरुको परीक्षण गरी सुरक्षित पार्न समेत उहाँले सम्बद्ध निकायलाई निर्देशन दिनुभयो ।

मेलम्चीको पानी आगामी २६ गते थप प्राप्त गरी बागमतीमा पानी छोडिने र भोलिपल्टको शिवरात्रीमा सफा पानी उपलब्ध हुने पनि उहाँले बताउनुभयो । अहिले सरकारले तिव्रताका साथ विकास कार्य अघि बढाइरहेको बताउनुभयो । केही समय पछि सुनकोशी कमला डाइभर्सन निर्माण छिटै सुरु हुने बताउनु ।

एक थरीले सरकारले (विकाम निर्माण कार्य) उधुमै गर्न लाग्यो भनेर सरकारको नेतृत्व परिवर्तन गर्नतर्फ लागेको समेत उहाँले बताउनुभयो । जनताको साथ पाए विकास निर्माणको कार्य तीव्रतर अघि बढाउन सक्ने भन्दै प्रधानमन्त्रीले महाकवि देवकोटालाई उधृत गर्दै भन्नुभयो, ‘तिमीले हाँसे म हाक्न सक्छु इन्द्रको आशन ।’