अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कस्तो हुन्छ आजको मौसम ?

कस्तो हुन्छ आजको मौसम ?


काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज बिहान देशका पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसोको मौसमको अवस्था पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली हुनसक्ने र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ।

रातिमा देशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।