अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या

थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या


काठमाडौँ- काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका एक पुरुषले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका छन्। सरकारले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बनेका उनी शुक्रबार सामान सार्दै गरेका बेला अचानक नदीमा हाम फालेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको शव बागमती नदीबाट बाहिर निकालेको छ भने मृतकको पहिचान खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि सोही बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो।

बस्ती हटाउने अभियानसँगै प्रभावित समुदायमा मानसिक तनाव र असुरक्षाको अवस्था बढिरहेको देखिएको छ।