अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले फेरि राष्ट्रपति कार्यालय पठायो अर्को अध्यादेश

सरकारले फेरि राष्ट्रपति कार्यालय पठायो अर्को अध्यादेश


काठमाडौँ-बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अर्को अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जारी गर्न सिफारिस गरेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो। सरकारले राष्ट्रपति कार्यालयमा जारी गर्नका लागि सिफारिस गरेको यो आठौँ अध्यादेश हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यले नयाँ अध्यादेशको रूपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको जानकारी दिए । ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश पनि यसअघि नै आइसकेको हो, अध्ययनको क्रममै छ,’ उनले भने।

उनले अहिलेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ८ अध्यादेश जारी गर्नका लागि सिफारिस भएर राष्ट्रपति कार्यालयमा पुगेको र २ अध्यादेश जारी भएको जानकारी दिए। 

बाँकी ६ अध्यादेश भने अध्ययनको क्रममा रहेको उनले बताए ।  हालसम्म राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरिसकेका हुन् ।

संवैधानिक परिषद् लगायतका केही अध्यादेशमा राष्ट्रपति पौडेलले बिहीबार कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।