अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुकुमबासी बस्ती भत्काएको हेर्न नसकेर बेहोस भइन् रेखा कुँवर

सुकुमबासी बस्ती भत्काएको हेर्न नसकेर बेहोस भइन् रेखा कुँवर


काठमाडौँ-काठमाडौँ थापाथलीस्थित बागमती नदी किनारको सुकुमबासी बस्ती हटाउने क्रममा बेहोस भएकी महिलाको प्रहरीले उद्धार गरेको छ। शुक्रबार सरकारले सुकुमबासी बस्ती हटाउने क्रममा उक्त दृश्य हेर्न नसकेर रेखा कुँवर बेहास भएकी थिइन्। 

बेहोस भएकी उनलाई प्रहरीले वीर अस्पताल लगेको छ। बालेन शाह सरकारको नेतृत्वमा आएसँगै सुकुमबासी बस्ती हटाइँदैछ।

शुक्रबारमात्रै काठमाडौँको टेकुस्थित बंशीघाट क्षेत्रको बस्ती हटाइएको छ। आजै शंखमुल,बालाजु क्षत्रेको बस्ती हटाइएको थियो।

 

त्यस्तै बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्तीनजिकै बागमती खोलामा एक व्यक्ति मृत फेला परेका थिए । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका व्यक्ति दिउँसो बागमती खोलामा मृत भेटिएका हुन् ।

मृत फेला परेका व्यक्ति ६१ वर्षीय ईन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले बताइन् ।