अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अग्निको राजीनामा : सेकाउन कि डढाउन ?

अग्निको राजीनामा : सेकाउन कि डढाउन ?


२०७४ साल फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि महान्याधिवक्ताको होलान् भनेर अनेक अड्कल बाजी भए । त्यसमा अग्नि खरेलको नाम पनि आयो । तर, कानुनमन्त्री भइसकेका व्यक्ति महान्यायधिवक्ताको पदमा को आउलान् भनेर धेरैको अड्कल बाजी थियो । तर, ति अड्कल र अनुमानलाई झुट सावित गर्दै खरेल २०७४ साल फागुन ८ गते सरकारको प्रमुख कानुनी सल्लाहकारको रुपमानियुक्त हुनुभयो ।

त्यसपछि खरेलले लामो समयसम्म एउटै प्रश्नको उत्तर दिइरहनु पर्‍यो । त्यो प्रश्न थियो ‘कानुनमन्त्री भइसकेको व्यक्ति मर्यादा क्रममा एक तह तल झरेर किन महान्यायधिवक्ता नियुक्तको जिम्मेवारमा किन जानुभयो ?’ खरेलले सधैँ उस्तै जवाफ फर्काउनुभयो ‘प्रधानमन्त्रीले मलाइ सहयोग गर्नुपर्‍यो भनेपछि नाइभन्न सकिन ।’ मन्त्रीको मर्यादाक्रम ८ औँ नम्बरमा छ भने महान्याधिवक्ताको ९औँ नम्बरमा छ । मर्यादाक्रममा झरेर जिम्मेवारी लिने त्यसबेला खरेल पहिलो व्यक्ति हुनु हुन्थेन । पार्टीका नेता इश्वर पोखरेललाई हेरेर खरेलले चित बुझाउँदा हुन्थ्यो ।

नेकपाको एकताले वैधानिकता नपाएर माओवादी अलग्गीएको, एमालेमा तीव्र विवाद जारी रहेको बेला खरेलको राजीनामा किन आयो भनेर आममानिसहरूले जिज्ञासा राखेका छन् । तर, खरेलको राजीनामा अप्रत्याशित होइन । खरेलले एक वर्ष अघिदेखि नै राजीनामा दिने मनस्थिति बनाउनु भएको हो ।

पूर्वउपप्रधानमन्त्री पोखरेल मन्त्रीको हैसियतमा रक्षा मन्त्रालय सम्हालिरहनु भएको थियो । नेकपा एमालेमा सुवासचन्द्र नेम्वाङको नेतृत्वमा कानुनविद्हरूको एउटा पंक्ती छ । त्यो पंक्तीको दोस्रो लहरमा खरेलको स्थान छ । यो पंक्तीमाकानुनका क्षेत्रमा धेरै अब्बल छ । तिमध्ये कैयौँ जना खरेल मन्त्री भएकै बेला सर्वोच्च अदालतको न्यायाधीसमानियुक्तभएका छन् । नेम्वाङ र खरेलकोे कानुनी तर्कका कारण एमालेले कयौँ कानुनी लडाईंमा अरूलाई धेरैपछि पारेको छ । तर, यसपालि संसद विघटनको मुद्दामा सरकार पराजित भयो । त्यो पनि कानुनका सारथी खरेल महान्यधिवक्ता भएको समयमा । खरेलले इजलासमा कमजोर बहस गरेको भनेर धेरै आलोचना पनि भयो । त्यसबेला यस पंक्तिकारसँग उहाँले भन्नुभएको थियो, ‘मेरो बहस एक्स्लेन्ट थियो । तर मुलधारका मिडियाहरूको प्रस्तुती कमजोर भयो । मैले कस्तो बहस गरे भन्ने कुराको पूर्णपाठ म उपलब्ध गराउन सक्छु । ’

नेकपाको एकताले वैधानिकता नपाएर माओवादी अलग्गीएको, एमालेमा तीव्र विवाद जारी रहेको बेला खरेलको राजीनामा किन आयो भनेर आममानिसहरूले जिज्ञासा राखेका छन् । तर, खरेलको राजीनामा अप्रत्याशित होइन । खरेलले एक वर्ष अघिदेखि नै राजीनामा दिने मनस्थिति बनाउनु भएको हो । ‘संघीय संसदमा भूगोलबाट निर्वाचित भएर आउने चाहनाका कारण महान्याधिवक्ता पदबाट राजीनामा दिने उहाँको मनस्थिति बनेको हो,’ खरेल निकट स्रोत भन्छ, ‘निर्वाचनको मुखैमा पाहुना उम्मेद्वार बनेर जाँदा हुन सक्ने जोखिमलाई ध्यान दिएर खरेलले केही वर्ष पहिलेदेखि नै तयारी गर्न राजीनामा दिनु भएको हो ।’

खरेलको राजीनामाका बारेमा यसअघि प्रशस्तहल्लाहरू चलेका थिए । आज पनि हल्ला मात्र हो कि भनेर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई मैले सम्पर्क गरें । नेम्वाङले कुटिल जवाफ दिनुभयो ‘कुरा के हो भनेर मैले पनि अग्निलाई सोधें । आज १ बजे थाहा हुन्छ भन्नुहुन्छ । म पनि अलमलमै छु । बरु १ बजे उहाँको अफिस गएर तपाईंले नै मलाई पनि जानकारी गराउनु न ।’

भूगोल नहुनुको पीडा

खरेलको पुर्ख्यौली घर झापाको गौरादहनगरपालिका-५ हो । आफ्नो थातथलो भएको निर्वाचन क्षेत्रका स्थानीय नेतासँग उहाँको राम्रो सम्बन्ध थिएन । संविधानसभाका दुवै निर्वाचनमा विजयी भएका दिपक कार्की र खरेलको आपसी असमझदारीले गौरादह र दमकका खानेपानी उपभोक्ता समिति, उद्योग वाणिज्य संघलगायतका सामाजिक संस्थामा एमाले निरन्तर पराजित भयो । स्थानीय तहको निर्वाचनमा गौरादहको मेयर पराजयको कारण उहाँहरूबीचको द्वन्द्व हो भनेर आममतदाताले अहिले पनि भनिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ मा खरेलले आफूलाई उतराधिकारीको रूपमा उभ्याउन प्रयास गर्नुभएको थियो ।

२०७० सालमा दोस्रो पटक संविधानसभामा मनोनित भइसकेपछि खरेलले सुरु गरेको प्रयास २०७४ सालको निर्वाचनभन्दा केही समयअघि नै असफल भइसकेको थियो । आफ्नो पुख्र्यौली भूगोलको साथ नपाउने भएपछि उहाँले ससुरालीभूगोल (झापा ४)बाट उम्मेद्वार हुने प्रयास गर्नुभयो । त्यहाँका प्रत्यासी एलपी साँवाले खरेलको प्रवेशलाई वर्जित गरेपछि त्यहाँबाट एक कदमपूर्व झापाको मूख्य सहर विर्तामोड (झापा क्षेत्र नं २ )माखरेलको ध्यानगयो । तर, यतिबेलासम्म समय धेरै बितीसकेको थियो । त्यहाँ पवित्रा खरेलले संघीय संसदको उम्मेद्वार हुने दाबीबलियो बनाउनुभएको थियो । १५ कातिक २०७४ को रातीएमालेले उम्मेद्वारको टुंगो लगाउदै गर्दा झापाको २ नं क्षेत्रको निर्णय हुनमुस्किल परिरहेको थियो । भैँसेपाटीस्थित वामदेव गौतमको घरमा भएको बैठकमा एमाले अध्यक्ष ओलीले खरेललाई उम्मेद्वार बनाउन धेरै प्रयास गर्नुभयो । माधव–झलनाथको अडानको कारण खरेलको उम्मेद्वारी त्यसबेला रोकियो ।

खरेलको क्षेत्र नं २ प्रतिको लगावको सन्देश त्यहाँका मतदातासम्म पुगिसकेको छ । महान्याधिवक्ताबाट राजीनामा गरेपछि खरेलले धेरै समय झापामा नै बिताउने बताउनुभएको छ । त्यसका लागि उहाँले विर्तामोडमा ‘डेराडण्डा’को प्रवन्ध गरिसक्नुभएको छ ।

त्यसपछि झापा-२ मा निरन्तर आफ्नो ध्यान केन्द्रित गरेका खरेलले त्यहाँका आम मानिसका दुई वटा ठूला सरोकारका विषयलाई टुंग्याएर आफ्नो पहिचान दिइसक्नु भएको छ । मोहनमायामा विचारपानेको करिब २ विगाहाविवादस्पदजग्गा खरेलको पहलमा क्याविनेटबाट अधिगहण गर्ने निर्णय भयो । त्यो जग्गाअहिले स्कूलले उपभोग गर्न पाएको छ । अर्को, विर्तामोडको अनारमुनीदुर्गा गूठीको १२ विगाह जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा कायम गरेका थिए । त्यसमध्ये ३ विगाह जग्गा खरेलको पहलमा फिर्ता भइसकेको छ भने ९ विगाह जग्गा फिर्ता हुने क्रममा छ । यो जग्गामा डोमालाल रंगशाला निर्माण गरिएको छ ।

खरेलको क्षेत्र नं २ प्रतिको लगावको सन्देश त्यहाँका मतदातासम्म पुगिसकेको छ । महान्याधिवक्ताबाट राजीनामा गरेपछि खरेलले धेरै समय झापामा नै बिताउने बताउनुभएको छ । त्यसका लागि उहाँले विर्तामोडमा ‘डेराडण्डा’को प्रवन्ध गरिसक्नुभएको छ । ‘केही समयपछि खरेल विर्तामोड नगरपालिकाका स्थायी बासिन्दा हुनुहुनेछ,’ झापा एमालेका एक नेताले नेपाली बहस डट कमसँग भन्नुभयो ।

खरेलको झापा आगमनलाई प्रधानमन्त्रीको ओलीको उतराधिकारी नेताको रुपमा हेरिएको छ । २०४८ साल देखि निरन्तर प्रधानमन्त्री केपी शर्मा ओलीको छत्रछाँयामा रहेका झापाका एमालेहरुले उहाँको उतराधिकारीको खोजी गरिरहेका थिए । उहाँले झापाको एमालेलाई एकतावद्ध गरेर अघि बढाउन सक्नुभयो भने ओलीको विरासत थामिनेछ छ ।

खरेलको झापा आगमनलाई प्रधानमन्त्रीको ओलीको उतराधिकारी नेताको रुपमा हेरिएको छ । २०४८ साल देखि निरन्तर प्रधानमन्त्री केपी शर्मा ओलीको छत्रछाँयामा रहेका झापाका एमालेहरुले उहाँको उतराधिकारीको खोजी गरिरहेका थिए । उहाँले झापाको एमालेलाई एकतावद्ध गरेर अघि बढाउन सक्नुभयो भने ओलीको विरासत थामिनेछ छ । र, झापाको भूगोलबाट एमालेको केन्द्रीय राजनीतिमा नयाँ अनुहारको उदय हुनेछ । अन्यथा भूगोलको ‘धुलोमैलो’ नगरी पटकपटक राजकीय जिम्मेवारी प्राप्त गरेका खरेललाई झापाको भूगोलले रित्तै काठमाडौं फर्काउनेछ ।

झापामा खरेलका चुनौती

पार्टीका समकक्षी नेताहरू दिपक कार्की, देवेन्द्र दाहाल, देवराज घिमिरेसँग खरेलको सुमधुर सम्बन्ध छैन । उहाँहरूपछिका नेता हिक्मत कार्की, एलपी साँवा लिम्बूसँग पनि खरेलको औपचारिक सम्बन्ध मात्रै छ । झापाको क्षेत्र नं २ मा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे,प्रदेश सांसद एकराज कार्की, पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठक लगायतले पनि प्रत्यक्षअप्रत्यक्ष रूपमा संघीय सांसदको दाबेदारी प्रस्तुत गरिरहनुभएको छ । त्यस क्षेत्रबाट आफू चुनिएर आउनका लागि अरू नेताको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती एमालेका पोलिटव्यूरो सदस्य खरेललाई छ ।

सत्ता राजनीतिमा विपक्षी नेतालाई पनि आफ्नो पक्षमा प्रस्ताव गर्न लाउन सक्ने क्षमता भएका राजनीतिक खेलाडी खरेललाई भूगोलको राजनीतिमा आफ्नैहरूले प्रस्ताव गर्लान् नगर्लान् ? खरेल विर्तामोडका स्थायी बासिन्दा हुनुअघि नै यो कुराको निक्र्यौल हुनेछ । जिल्लाका एक जना एमाले नेताको भनाइ छ, ‘छँदाखाँदाको महान्यायधिवक्ता पदबाट र राजीनामा दिएर अग्नीले झापाको एमालेलाई डढाउने हुन् कि न्यानो दिने हुन् । तर म विश्वस्त छु यसपालि अग्निले एमालेलाई न्यानो दिने छन् ।’