काठमाडौं-एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रा.लि.बीच बैंकका ग्राहकलाई दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ। सम्झौतापछि बैंकका ग्राहकले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखामा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरुले जनरल हस्पिटल सेवामा (ल्याब टेष्ट, बेड चार्ज, आईसीयू, पोष्ट यूपी बेड चार्ज)मा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरु (डेन्टल फिलिंग, डेन्टल स्केलिंग, आरसीटी र एक्स्ट्र्याक्शन आदि)मा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवा (डेन्टल इम्प्लान्ट, भेनियर, ब्रेसेस एलाइनर, छाला विशेषज्ञ)मा ७ प्रतिशत छुट उपभोग गर्न सक्ने बैंकले जनाएको छ।
ग्राहकहरुले काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर/कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा उक्त छुट प्राप्त गर्न सक्नेछन् भने कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।
सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ। कान्तिपुर डेन्टलसँगको सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।







प्रतिक्रिया