अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भागरथी हत्या प्रकरण : आरोपित र मृतकको स्वाबमा भेटिएको डीएनए मिल्यो

भागरथी हत्या प्रकरण : आरोपित र मृतकको स्वाबमा भेटिएको डीएनए मिल्यो


काठमाडौं- बैतडीकी किशोरी भागरथी भट्टका हत्या आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ ।

केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा परीक्षण गर्दा डीएनए मिलेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बलियो बनेको प्रवक्ता सिंहले जानकारी दिनुभयो ।

प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै ४ फागुनमा उनलाई पक्राउ गरेको थियो । त्यसबेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए ।