अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङमा योगेशलाई एकपछि अर्को धक्का

ताप्लेजुङमा योगेशलाई एकपछि अर्को धक्का


ताप्लेजुङ– नेकपा एमालेका यूवा नेता योगेश भट्टराई राजधानी छिरेको करिब साढे तीन दशकपछि ताप्लेजुङ फर्किनुभयो । काठमाडौंमा दुई पटक संसदीय चुनावमा पराजित भएपछि उहाँले जन्मभूमी सम्झिनुभएको थियो । एमालेको सचिव र आश लाग्दो यूवा नेताले चुनाव लड्ने इच्छा व्यक्त गरेपछि जिल्लाका नेताहरुले योगेशलाई ठाउँ खाली गरिदिए ।

ताप्लेजुङका पुराना नेता तिलकुमार मेन्याङ्वो, डम्बरध्वज सम्बाहाम्फे, राम सुवेदीहरुले योगेशलाई जिताएर पठाएमा जिल्लाको विकासमा ठूलै योगदान हुन्छ भन्ने आशाले २०७४ को निर्वाचनमा योगेशलाई संघीय संसदमा चुनेर पठाउनुभएको हो ।

जिल्लामा एक किसिमले बिरानो भइसक्नु भएका भट्टराईलाई स्थापित गराउन स्थानीय र राजधानीमा विभिन्न पेसा व्यावसाय गरेर बसेका युवाहरुको ठूलो देन थियो । त्यसमा बलबहादुर तामाङ, रमेश बराल, ईश्वरी पौडेल आदिको खास योगदान छ । चुनावी गठबन्धन पछि योगेशलाई राजनीतिक रुपमा भरथेग गर्न तत्कालिन माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा थपिनुभयो । २०७४ को आम निर्वाचनमा यिनै सहकर्मीको साहारामा योगेशले उत्कृष्ट मत प्राप्त गर्नुभयो ।

पुस ५ गते प्रधानमन्त्रीले संसद विघटन गरेपछि पूर्व माओवादी सहित एमालेको माधव नेपाल समुहले त्यसको विरोध गर्‍यो । त्यसमा ताप्लेजुङको एमाले नेतृत्व जम्मै योगेशले लिएको लाइनकै पक्षमा उभियो । यो योगेशको सफलता र खुसी थियो । तर यो खुसी लामो समय टिक्न सकेन । फागुन २३ गते माओवादी र एमालेको एकतालाई सर्वोच्च अदालतले भंग गरिदिएपछि योगेशलाई आफ्ना सहयात्री र सहयोगीहरुले क्रमशः साथ छोड्न थालेका छन् ।

एमाले माओवादी पार्टी एकतापछि योगेशको बर्चश्व जिल्लामा झन् चुलियो । किनभने पूर्व माओवादीका नेताहरु शेर्पा, प्रदेश सांसद टंक आङबुहाङ पनि योगेशलाई नेता मानेर एउटै अभियानमा होमिनुभयो । तर यो वर्चश्व लामो समय टिक्न सकेन । हुन त पुस ५ गते प्रधानमन्त्रीले संसद विघटन गरेपछि पूर्व माओवादी सहित एमालेको माधव नेपाल समुहले त्यसको विरोध गर्‍यो । त्यसमा ताप्लेजुङको एमाले नेतृत्व जम्मै योगेशले लिएको लाइनकै पक्षमा उभियो । यो योगेशको सफलता र खुसी थियो । तर यो खुसी लामो समय टिक्न सकेन । फागुन २३ गते माओवादी र एमालेको एकतालाई सर्वोच्च अदालतले भंग गरिदिएपछि योगेशलाई आफ्ना सहयात्री र सहयोगीहरुले क्रमशः साथ छोड्न थालेका छन् ।

त्यसको पहिलो लहरमा एमाले ताप्लेजुङका पूर्व अध्यक्ष एवं संविधानसभाका सदस्य तिलकुमार मेन्याङवो, संविधानसभा सदस्य पासाङ शेर्पा, एक नं प्रदेशका अर्थमन्त्री टंक आङबुहाङ र वैदेशिक रोजगार विभागका पूर्वअध्यक्ष बलबहादुर तामाङ हुनुहुन्छ ।

शेर्पा एमाले त प्रवेश गर्नुभयो तर प्रधानमन्त्री केपी ओलीको समूहलाई साथ दिनेगरी । प्रदेश सभासद आङवुहाङ पनि एमाले प्रवेश गर्नुभयो तर योगेशलाई साथ दिन हैन प्रधानमन्त्री ओलीको समूहलाई साथ दिन । योगेशलाई लागेको धक्का त्यतिमा मात्र सकिएन । उहाँलाई अनेक हिसाबले भरथेग गर्ने वैदेशिक रोजगार विभागका पूर्वअध्यक्ष बलबहादुर तामाङ पार्टी नै छोडेर कांग्रेसमा प्रवेश गर्नुभयो ।

योगेशलाई नेता मान्न चाहेर पनि उहाँले लिएको विचारसँग असहमत हुने जमात क्रमशः बढ्दै गएको छ । ‘योगेश दाइलाई हामी सबैको नेता हो । तर उहाँले लिएको विचारलाई हामी धेरैजनाले साथ दिन सकेनौं । आम मतदाता र जिल्ला नेताको मनोभावना नबुझ्दा उहाँ कमजोर हुँदैहुनुहुन्छ,’ ताप्लेजुङका एकजना जिल्ला नेताको भनाइ छ ।

‘हामी स्थानीय ठाउँमा पकड भएका जनप्रतिनिधिलाई पाखा लगाएर ठूला नेताको राजनीति उभो लाग्दैन भन्ने कुरा विस्तारै ताप्लेजुङले बुझाउनेछ,’ मेयर प्याकुरेल भन्नुहुन्छ ‘उहाँले एकजना नेता च्यापेर मलाई पाखा लाउन खोज्नु भएको थियो । तर पार्टीले उहाँको आरोप खारेज गर्‍यो । मेरो अडानलाई सदर गर्‍यो ।’

योगेशको सम्बन्ध जिल्लाकै जनप्रतिनिधीसँग पनि सुमधुर हुन सकेन । त्यसको पहिलो उदाहरण हो उहाँकै गृहनगर फुङलिङका मेयर छत्रपति प्याकुरेल । चुनावमा नसघाएको भनेर योगेशले साधारण सदस्य समेत नरहनेगरी प्याकुरेललाई कारबाहीको सिफारिस गर्नुभयो, २०७४ मा । तर प्रधानमन्त्री ओलीको निर्देशनमा प्याकुरेलमाथिको पार्टी कारबाही रोकियो । ‘हामी स्थानीय ठाउँमा पकड भएका जनप्रतिनिधिलाई पाखा लगाएर ठूला नेताको राजनीति उभो लाग्दैन भन्ने कुरा विस्तारै ताप्लेजुङले बुझाउनेछ,’ मेयर प्याकुरेल भन्नुहुन्छ ‘उहाँले एकजना नेता च्यापेर मलाई पाखा लाउन खोज्नु भएको थियो । तर पार्टीले उहाँको आरोप खारेज गर्‍यो । मेरो अडानलाई सदर गर्‍यो ।’

योगेशले लिएको विचारले पार्टीलाई हित नहुने भएकोले त्यसमा पुनर्विचार गर्न स्थानीय तहबाट धेरै नेताहरुले उहाँलाई सुझाउनुभएको थियो । केही समय प्रधानमन्त्रीको समर्थनमा आए जस्तो गरे पनि अन्त्यमा उहाँले पार्टी विग्रहकै लाइनलाई साथ दिएपछि आफूहरुले साथ छोड्नु परेको स्थानीय नेताहरुको भनाइ छ । ‘जिल्लामा केही समय योगेशजीले लिएको विचारको समर्थनमा हामी सबै थियौं तर अहिले आएर वहाँको विचार र देशको आवश्यकता मेल खाने देखिएन,’ २२ वर्षसम्म एमालेको जिल्ला नेतृत्व हाँक्नुभएका मेन्याङ्बो भन्नुहुन्छ, ‘त्यही भएर अहिले योगेशजीको विचार समूह छोडेर प्रधानमन्त्रीले लिएको विचारलाई समर्थन गर्ने निधोमा पुगियो ।’