अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डिशहोमको ‘खुशीको बोनस’: हरेक हप्ता १४ जना भाग्यशाली विजेताका लागि वर्षभरि सित्तैमा इन्टरनेट

डिशहोमको ‘खुशीको बोनस’: हरेक हप्ता १४ जना भाग्यशाली विजेताका लागि वर्षभरि सित्तैमा इन्टरनेट


काठमाडौं-डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक विशेष योजना ‘खुशीको बोनस, ३६५ दिन नै बोनस’ सार्वजनिक गरेको छ।

यो अफर अन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान गर्ने वा वार्षिक रिचार्ज गर्ने ग्राहकहरू साप्ताहिक रूपमा हुने ‘लक्की ड्र’ मा सहभागी हुन सक्ने डिशहोमले जनाएको छ। उक्त ‘लक्की ड्र’ मार्फत ‘हरेक हप्ता १४ जना भाग्यशाली विजेताहरू छनोट गरिनेछन्, जसमा १० जना नयाँ वार्षिक ग्राहक र ४ जना हालका रिचार्ज गर्ने ग्राहक समेटिने छन्। विजेताले ३६५ दिनको इन्टरनेट बोनस जित्ने मौका पाउनेछन्।’

डिशहोमले यो योजना ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउन र उनीहरूको निरन्तर समर्थन प्रतिकृतज्ञता प्रकट गर्न ल्याएको हो। विजेताको घोषणा हरेक हप्ता साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडिच्यानलमा गरिने जनाएको छ।

डिशहोम सधैं ग्राहकलाई उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्ने प्रतिबद्धता साथ अघि बढ्दै आएको छ। ‘३६५ दिन बोनस’ योजना यसैको प्रमाण हो, जसले इन्टरनेट सेवाको मूल्य मात्र होइन, अनुभवलाई समेत समृद्ध बनाउने छ।

वार्षिक इन्टरनेट जडान गर्न चाहने ग्राहकहरूले नजिकको डिशहोम डिलर वा ०१-५९७०३६५ नम्बरमा सम्पर्क गर्न सक्नेछन् भने हालका प्रयोगकर्ताहरूले खल्ती, ई-सेवा वा माई डिशहोम एपमार्फत रिचार्ज गर्न सक्नेछन्।

डिशहोमका अनुसार उपलब्ध वार्षिक इन्टरनेट प्याकेजहरूमा १०० एमबीपीएसको मूल्य रू. ८ हजार ५ सय, २०० एमबीपीएसको रू. ११ हजार ५ सय र ३०० एमबीपीएसको मूल्य रू. १३ हजार ५ सय पचास (सबै मूल्यहरूमा भ्याट समावेश) तोकिएको छ। नयाँ जडानको लागि अतिरिक्त रू. १ हजार १ सय ३० लाग्नेछ।

“३६५ दिन बोनस” योजनाले इन्टरनेट सेवा मात्र होइन, ग्राहक अनुभवलाई समेत समृद्ध बनाउने विश्वास डिशहोमले लिएको छ। कम्पनीले उत्कृष्ट सेवा र उचित मूल्य प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै ग्राहक-केन्द्रित योजनाको विस्तार गर्दै जाने जनाएको छ।