अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकसेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिस

लोकसेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिस


काठमाडौं- संवैधानिक परिषद्को आजको बैठकले पूर्वसचिव माधवप्रसाद रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गरेको छ ।

पाँच वर्षअघि आयोगको सचिवबाट अवकाश पाएका ५९ वर्षीय रेग्मी झापाको गौरादह नगरपालिका-३ का बासिन्दा हुनुहुन्छ ।

रेग्मीले विभिन्न पदमा रहेर आठ वर्ष आयोगमा काम गर्नुभएको थियो ।

रेग्मीले कर्मचारी जीवनमा विभिन्न पदमा लोकसेवा आयोगका सात वटा पदमा परीक्षा दिँदा पहिलो पटक नै उतिर्ण हुनुभएको थियो ।