अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदनसँगका सम्झनाः सुन्दरपुरदेखि सुन्दरपुरसम्म

मदनसँगका सम्झनाः सुन्दरपुरदेखि सुन्दरपुरसम्म


मदन भण्डारीसँग मेरो भेट २०२८ सालमा मोरङको सुन्दरपुरमा भएको हो । उहाँको मावली घर हाम्रो घर र करिब आधाघण्टाको दुरीमा थियो । उहाँ मावल आउने क्रममा मसँग भेट भयो । हामी पनि उहाँको मावली घरमा जान्थ्यौँ । त्यहाँचाहिँ राजनैतिक वैचारिक धर्म संस्कृतिको विचारमा उहाँ मावलमा पूजाआजाको बेलामा अथवा खास चाडपर्वको बेलामा आउने गर्नुहुन्थ्यो । त्यहाँ धार्मिक मान्छेहरुसँग देवासुर संग्राममा आस्तिक र नास्तिक वादसँग सम्बन्धि रहेर छलफलहरु चल्थे ।

अनि ती पण्डितहरुसँग चाहिँ उहाँ बसेर जमेर छलफल गर्नुहुन्थ्यो । खासगरी आस्तिक र नास्तिक द्वन्द्वात्मक भौतिकवाद वा आध्यात्मवादको सन्दर्भमा । यो द्वन्द्ववाद र आध्यात्मकवादको सन्दर्भमा जुन व्याख्या हामीहरु द्वन्द्ववादको पक्षमा अथवा भौतिकवादको पक्षमा उभिन्थ्यौँ । उहाँको व्याख्यासँग हामी नजिक रहन्थ्यौँ र हामीले पनि त्यसमा सही थाप्थ्यौँ ।

उहाँको मावली घर नजिकै नजिकै भानुतुनि भन्ने बजार छ । एउटा सानो बजार । त्यो बजारमा चाहिँ भानुसदा पुस्तकालयको स्थापना गरिएको थियो । त्यहाँ हामीले कविता गोष्ठीहरु गर्थ्यौं । अनि त्यो कविता गोष्ठीमा चाहिँ मदन आको बेलामा पर्‍यो भने उहाँलाई हामीले त्यो गोष्ठीमा बोलाउँथ्यौँ । उहाँले कविताहरु वाचन गर्नुहुन्थ्यो । कविता वाचनको सन्दर्भमा अलिकति समसामायिक राजनीतिको सन्दर्भमा उहाँले अलिकति व्याख्या पनि गर्नुहुन्थ्यो । यो २०२९ सालतिरको कुरा हो । उहाँको त्यो व्याख्यासँग हामी निकट थियौँ । त्यस्तैगरी त्यहाँका सचेत राजनीतिक कार्यकर्तासँग उहाँले २०२९-२०३०-२०३१ सालसम्म निरन्तर उहाँ आएको बेला संवाद गर्ने, बहस गर्ने आदि कामहरु गर्नुहुन्थ्यो । त्यो बेला हामी स्वतन्त्र कम्युनिष्ट समूह बनाएर सुन्दरपुरमा काम गरिरहेका थियौँ । पछि हामीचाहिँ त्यो स्वतन्त्र कम्युनिष्ट समूह पूर्व कोशी प्रान्तीय समूहमा रुपान्तरित भयौँ । अनि पूर्वको रातो झण्डा कोअर्डिनेसन केन्द्रसँग एकाकार भएको बेलामा मुक्ति मोर्चाको एकाकार समूह पनि पूर्व कोशी कोअर्डिनेसन केन्द्रमा एकाकार हुँदै छ भन्ने कुरा हामी हामीले थाहा पायौँ । पछि हामी पनि कोकेमा एकाकार हुने तयारीमा थियौँ । यो चाहिँ २०३४ को कुरा हो ।

नेकपा मालेको जन्म इटहरामा
एकताबद्ध हुने क्रममा थियौँ । त्यही सिलसिलामा मुक्तिमोर्चाबाट कोकेमा मदन भण्डारी, जीवराज आश्रित लगायतको समूह आयो । हामी उहाँहरुको व्यक्तित्वबाट एकदम प्रभावित थियौँ । उहाँहरुको त्यो तार्किक, त्यो दार्शनिक त्यो साहित्यिक जुन एउटा व्यक्तित्व थियो त्यो व्यक्तित्वबाट प्रभावित भएर हामी उहाँसँग नजिकमा सहकार्य गर्न लालायित हुन्थ्यौँ र २०३४ सालदेखि मुक्तिमोर्चा केन्द्रमा जब सामेल भयो अनि पूर्वको रातो झण्डा पनि कोकेमा सामेल भयो । त्यो पूर्वको रातो झण्डा हुँदै हामी पनि कोकेमा सामेल भइसकेपछि २०३५ सालमा मोरङको इटहरामा अखिल नेपाल क्रान्तिकारी कम्युष्टिहरुको कोअर्डिनेसन केन्द्रद्वारा राष्ट्रिय सम्मेलनको आयोजना भयो । त्यो राष्ट्रिय सम्मेलनले नेकपा मालेको जन्म गरायो । महाअधिवेशन गर्ने व्यवस्थापन कमिटी जिम्मेवारी मदनलाई थियो । उहाँको घरबाट करिब दुई किलोमिटर पश्चिम बक्राहा नदीको तटमा टेकबहादुर राईको घरमा महाधिवेशको लागि आवश्यक पूर्वाधार बनाएर महाधिवेशनलाई आवश्यक पूर्वाधारहरु बनाइएको थियो । त्यो मदनले नै बनाउनु भएको थियो । त्यस ठाउँमा कोकेको राष्ट्रिय सम्मेलन भएको थियो । त्यो राष्ट्रिय सम्मेलनबाट उहाँ नेकपा मालेको नेताको रुपमा स्थापित हुनुभयो । त्यो बेला चर्चामा सीपी मैनालीको नाम थियो तर उहाँ भूमिगत गतिविधिमै हुुनुहुन्थ्यो । त्यस्तै गरी अरु नेताहरुको पनि नाम थियो तर स्पेशली हामी चिन्दैनथ्यौँ । तर मदन भण्डारीसिँग चाहिँ हाम्रो पत्यक्ष भेटघाट अगाडिदेखि नै भएको हुनाले हाम्रो विशेष लगाव पनि रह्यो । उहाँका विचार, चिन्तन, विश्लेषण, व्याख्याहरु सबै सामूहिक भएको हुनाले हामी उहाँसँग नजिक रह्यौँ र उहाँका सहकार्यका लागि एउटा राजनीतिक दिक्षाको थलो पनि बन्यो ।

मैले भेटेका राजनेताहरुमध्ये जनताको बीचमा घुलमिल हुने उहाँ नै हुनुहुन्छ । उहाँ धेरै सघन गतिविधिमा हुनुहुन्थ्यो । उहाँ भूमिगतकालभरी सत्रुको हातमा कहिल्यै पर्नुभएन । पक्राउ कहिल्यै पर्नुभएन । त्यसबाट के देखिन्छ भने राजनीतिक गतिविधि र जनतासँगको सामीप्यताबाटै उहाँ सुरक्षित हुनुभएको म अनुभूत गर्छु ।

उहाँले त्यो बेला पाठ गर्नुभएको कवितामा ‘है हलिदाई गोरु फुकाइ जोतारोले बाँधेर ल्याउन सामन्ती साढेँलाई’ भन्ने कविता गीतको लयमा गाउनुभएको थियो । त्यसैगरी ‘हे मेरी बाटुलीका बा मेरो नमस्ते छ’ भन्ने उहाँले त्यहाँ प्रस्तुत गर्नुभएको दोस्रो कविताको सन्दर्भ म सम्झन्छु ।

मैले भेटेका राजनेताहरुमध्ये जनताको बीचमा घुलमिल हुने उहाँ नै हुनुहुन्छ । उहाँ धेरै सघन गतिविधिमा हुनुहुन्थ्यो । उहाँ भूमिगतकालभरी सत्रुको हातमा कहिल्यै पर्नुभएन । पक्राउ कहिल्यै पर्नुभएन । त्यसबाट के देखिन्छ भने राजनीतिक गतिविधि र जनतासँगको सामीप्यताबाटै उहाँ सुरक्षित हुनुभएको म अनुभूत गर्छु । त्यो बेलामा दर्जनौँ मानिस पक्राउ परेका थिए । हुँदाहुँदा त्यो कम्युनिष्ट आन्दोलनभित्रै रहेको एक जना गद्धार त्यो बेला पार्टी आन्दोलनलाई गद्दारी गरेका थिए पदम चुँडालले । पदम चुँडालले गरेको गद्दारीमा मदन कमरेड लगायत पूर्वका धेरै राजनेताका हुलिया प्रशासनलाई पुगेको थियो । हुलिया मात्र पुगेको होइन सबै सेल्टरहरू भूमिगत सेल्टहरू सबै एकजुट भएका दस्तावेजहरू सबै ऊ मार्फत प्रहरी प्रशासनमा पुगेको थियो । त्यति हुँदा पनि पार्टीको सबै सबै कार्यकर्ता र नेता पक्तिंलाई सुरक्षित गर्ने एउटा कुशल संगठकको रुपमा मदन भण्डारी हुनुहुन्थ्यो । जसले सत्रुहलाई पनि छक्काएर निरन्तर स्वदेशभित्रै आफ्ना राजनीतिक गतिविधिहरुको विस्तारमा उहाँ लागिरहनुभएको थियो ।

उहाँले कोशीको राजनीतिक काममा निकै समय बिताउनुभयो । मेची, कोशी सगरमाथाको क्षेत्रीय कमिटी थियो, त्यो क्षेत्रीय कमिटीको नेता उहाँ नै हुुनुहुन्थ्यो । त्यो भएको हुनाले हामी मदन भण्डारीसँग २०४६ अर्थात् चौथो महाधिवेशनसम्म हामी एकदमै नजिक थियौँ । २०४६ सालमा सिरहाको विष्णुपुरकटीमा पार्टीको चौथो महाधिवेशन आयोजना भयो । त्यसबाट मदन भण्डारीलाई महासचिव निर्वाचित हुनुभयो । महासचिवमा निर्वाचित भइसकेपछि पूर्वबाट हामीले विदाइ गर्न बाध्य भयौँ । किनभने उहाँको राजनीतिक भूमिका परिवर्तित भइसकेको थियो किनभने जिम्मेवारीको हिसावले उहाँले समग्र देशको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था थियो । त्यसपछि भने पूर्वको सम्पूर्ण पार्टीको राजनेताको रुपमा हामीले निरन्तर भेटघाटमा रह्यौँ । पूर्वमा उहाँको सामीप्यताचाहिँ पछिसम्म पनि निरन्तर रह्यो ।

हामीले जुनबेला पार्टीलाई खुल्ला गर्‍यौं । पार्टीलाई खुल्ला गर्नु हुन्छ कि हुँदैन भन्ने बारे पार्टीभित्र ठूलो बहस चल्यो २०४६ सालमा । स

म्पूर्ण पार्टीलाई खुल्ला गर्नु हुँदैन भन्ने एकथरी साथीहरुको अडान थियो । तर मदन भण्डारीले पार्टी जनताको लागि हो । र त्यो जनतासँग रहनुपर्छ । जनताका सुख दुखमा सहभागी हुन पार्टीले सक्नुपर्छ । र पाटी चाहिँ जनताको सार्वजनिक सरोकारको विषय भएको हुनाले यसलाई चाहिँ छद्म रुपबाट राख्नु आवश्यक छैन । पार्टीलाई खुल्ला गर्नुपर्छ र जनताको बिचबाट लानुपर्छ भनेरै उहाँले अडान राख्नुभयो । त्यसमा मदनको विशेष योगदान म देख्छु ।

त्यो बेला हामी सबै राजनीतिक स्वतन्त्रताको पक्षमा थियौँ । त्यो बेला सीपी मैनालीहरु चाहिँ पार्टी स्वतन्ताको पक्षमा हुनुहुन्थ्यो र मदनले चाहिँ राजनीतिक स्वतन्त्रताको पक्षमा जमेर बहस गर्नुभएको थियो । सिंगो पार्टीे परिवारलाई चाँही पार्टी स्वतन्त्रताले सीमित, आंशिक र आवद्दता बोक्छ भने राजनीतिक स्वतन्त्रताले समष्टिगत र समग्र कुरा बोक्छ । त्यसो भएकाले हामीले आर्थिक स्वतन्त्रताको पक्षमा उभिनुपर्छ भन्ने कुराहरु चाहिँ पार्टी  पङ्गतीलाई व्याख्या जसरी गर्नुभयो सबै पाटी परिवार उहाँका विचारसँग एकाकार भएको थियो । यो २०३८-२०३९ सालतिरको सन्दर्भ हो । जुन बेलाचाहिँ पार्टीभित्रहो महाविवाद भनेर पनि भनिन्थ्यो ।

हामीले जुनबेला पार्टीलाई खुल्ला गर्‍यौं । पार्टीलाई खुल्ला गर्नु हुन्छ कि हुँदैन भन्ने बारे पार्टीभित्र ठूलो बहस चल्यो २०४६ सालमा । सम्पूर्ण पार्टीलाई खुल्ला गर्नु हुँदैन भन्ने एकथरी साथीहरुको अडान थियो । तर मदन भण्डारीले पार्टी जनताको लागि हो । र त्यो जनतासँग रहनुपर्छ । जनताका सुख दुखमा सहभागी हुन पार्टीले सक्नुपर्छ । र पाटी चाहिँ जनताको सार्वजनिक सरोकारको विषय भएको हुनाले यसलाई चाहिँ छद्म रुपबाट राख्नु आवश्यक छैन । पार्टीलाई खुल्ला गर्नुपर्छ र जनताको बिचबाट लानुपर्छ भनेरै उहाँले अडान राख्नुभयो ।

२०४७ को संविधानका ७ असहमति
२०४८ सालमा जब संविधान निर्माण गर्ने बेला भयो त्यो मदन भण्डारीले २७ ओटा आलोचनाका बुँदाहरु अगाडि सार्दै संविधान उल्लेख गर्दै संविधान उधुरो छ भन्ने जसरी सार्वजनिक गर्नुभयो । अब मदन भण्डारीको लोकप्रियता अझ बढ्दै गयो । २०४९ मा आइपुग्दा पाँचौँ महाधिवेशन भयो । पाँचौ महाधिवेशनमा जनताको बहुदलीय जनवादको विरुद्धमा विचार विमति राख्नेहरु पनि निस्किए । जबजको राजनीतिक व्याख्यासँग सहमत नभएर पार्टी स्वतन्त्रता परिमार्जित नौलो जनवाद र नौलो जनवाद, वातावरणीय जनवाद आदि जस्ता विचारहरु त्यस बेलामा आएका थिए । सबै विचारहरुलाई परास्त गर्दै पाँचौ महाधिवेशनले जनताको बहुदलीय जनवादले पारित गर्‍यो । त्यसको अगुवाई मदन भण्डारीले गर्नु भएको थियो ।

त्यसपछि उहाँ दुर्घटनामा पर्नुभयो
पाँचौ महाधिवेशनबाट पारित दस्तावेजलाई देशव्यापी प्रचारप्रसार गर्नुपर्छ र सिंगो पार्टीलाई जबजको राजनीतिक, सैद्धान्तिक, वैचारिक दिशामा एकाकार गराउनुपर्छ भनेर मेची महाकाली अभियानमा निस्कने योजना बनाउनुभयो । त्यही योजना अन्तर्गत पोखराबाट चितवन र चितवनबाट कोशी अञ्चलका विभिन्न जिल्लाहरुको भ्रमणको योजनामा उहाँ निस्कनुभएको थियो । २०५० साल जेठ ३ गतेको दिन हामी मोरङको सुन्दरपुरमा थियौँ । म चाहिँ सुन्दरपुरको फिम्रा भन्ने ठाउँमा माइली दिदीको घरमा थिएँ । साँझ ७ बजेतिर अचानक दुईजना साथीहरु मोटरसाइकलमा आइपुग्नुभयो । त्यसमा एक जना घनश्याम खतिवडा र दोस्रो ज्ञानेन्द्र सुवेदी । उहाँहरु पार्टी कै नेता हो । उहाँहरुले मदन भण्डारी र जीवराज आश्रित नारयणी नदीको दास ढुंगामा दुर्घटना भएको खबर आयो । त्यही सुनाउन आएका भन्नुभयो । म झसंग भए किनकि २२ बर्ष अघि मदन भण्डारीसँग मेरो पहिलो भेट त्यही सुन्दरपुरमा भएको थियो । र,उहाँसँगको सहकार्य सदाको लागि अन्त्यको खबर पनि मैले यही सुन्दरपुर मै सुन्नुपर्‍यो ।

त्यो बेला म नेकपा एमाले मोरङको सचिव थिएँ । कोशी अञ्चलको इन्चार्च पनि थिएँ । अनि उहाँहरुसँग त्यहाँबाट तुरुन्तै हामी इटहरी लाग्यौँ । त्यसपछि धनकुटाबाट गोपाल गुरागाईं लगायतको टोलीलाई बोलायौँ । राति हामी १२ बजेतिर त्यहाँबाट चितवन दासढुंगातिर लाग्यौँ । बिहान करिब साढे ७ बजेतिर हामी दासढुंगामा त्यो एउटा भयावह, एउटा जनताको एउटा शोकको ठुलो माहोलभित्र मदन भण्डारी र जीवराज आश्रितको शवको खोजी भइरहेको थियो । हामी पनि त्यो खोजीकार्यमा सामेल भयौँ ।

(बराल,मदन स्मृति प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ)