अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एउटै प्रकृतिको एकभन्दा बढी खाता बन्द गर्न प्रभु बैंकको आग्रह

एउटै प्रकृतिको एकभन्दा बढी खाता बन्द गर्न प्रभु बैंकको आग्रह


काठमाडौं – प्रभु बैंकले एउटै व्यक्तिका एक भन्दा बढी खाता बन्द गर्ने भएको छ । बैंकले एउटै प्रकृतिको एक भन्दा बढी खाता तथा कार्ड (डेबिटरक्रेडिट) रहेका ग्राहकको खाता बन्द गर्ने भएको हो । बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता (नेपाल राष्ट्र बैंकले तोके बाहेक) खोल्न नपाइने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

सोही बमोजिम प्रभु बैंकले स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोली वा एउटै प्रकारको एक भन्दा बढी खाता प्राप्त गरी कारोबार गरिरहेका ग्राहकलाई असोज ३१ गतेभित्र पायक पर्ने प्रभु बैंकको शाखामा सम्पर्क गरी खाता तथा कार्ड बन्द गर्न अनुरोध गरेको छ ।

जसपश्चात् त्यस्ता खाताहरुमध्ये एक खाता मात्र रहने गरी बाँकी खाताहरू बैंकको नियमानुसार बन्द गरिने बैंकले जनाएको छ ।