अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनुसन्धानको परिणामलाई उत्पादकत्व वृद्धिसँग जोडौं: भौतिक मन्त्री दाहाल

अनुसन्धानको परिणामलाई उत्पादकत्व वृद्धिसँग जोडौं: भौतिक मन्त्री दाहाल


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विश्वविद्यालय तथा विज्ञहरुले गर्ने अनुसन्धानको परिणामलाई उत्पादकत्व वृद्धीसँग जोड्न आवश्यक रहेको बताउनु भएको छ। लामो समय लगाएर गरिएका अनुसन्धानहरु कागजमा त्यसै थन्किन नहुने भन्दै त्यसको कार्यान्वयन मार्फत उत्पादकत्व वृद्धीमा उपयोग गरिनु पर्ने बताउनु भएको हो।

मकवानपुरको चित्लाङ् स्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पुगि त्यहाँ भई रहेका अनुसन्धानहरु बारे जानकारी लिँदै मन्त्री दाहालले विज्ञहरुको ज्ञान र अनुसन्धानलाई त्यसै नथन्क्याउन सुझाव दिनुभयो। नेपाली विज्ञ तथा वैज्ञानिकहरुले गहन अध्ययन तथा अनुसन्धान गर्ने गरेको र त्यसको निश्कर्ष तथा परिणामलाई उपयोग हुने वातावरण बनाउन सरकारले ध्यान दिने पनि उहाँले बताउनुभयो ।

विश्वविद्यालयले गरि रहेको च्याउ, जुम्लीमार्सी, कोदो, विभिन्न बनस्तपति लगायतमा गरेको अध्ययन् र प्राप्त नतिजाका आधारमा उत्पादकत्व वृद्धी गराई आर्थिक समृद्धीको यात्रा सहज बनाउन सकिने समेत उहाँको भनाई थियो।

विश्वविद्यालयका अध्यक्ष राजेन्द्रध्वज जोशीले अहिले सम्म विश्वविद्यालयले खेर जाने कुनै पनि अनुसन्धान नगरेको र गरेका अनुसन्धानका नतिजा किसान तथा उद्यमी सम्म पु¥याउने वातावरण बनाईन आवश्यक रहेको बताउनुभयो । जैवीक तथा अर्गानिक कृषि प्रणाली, वनस्पतिका विविध उपयोग आदि बारे अनुसन्धान भई रहेको भन्दै उहाँले यसको परिणामबारे आधारभूत तह सम्म जानकारी गराईने बताउनुभयो।

अवलोकनका क्रममा पुग्नु भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले अनुसन्धानबाट प्राप्त हुने नतिजाका आधारमा कृषि पर्यटन, कृषि उद्यम लगायतको विकास गर्न सकिने बताउनुभयो । नेपाली विश्वविद्यालयहरुमा समेत विभिन्न देशका विद्यार्थीहरु अध्ययनका लागि आउन ईच्छुक हुने गरेका आवश्यक वातावरण बनाउन जरुरी रहेको उहाँको भनाई थियो ।

यस्तै प्रतिनिधी सभा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले अनुसन्धान कार्यक्रमलाई थप विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। विश्वविद्यालयले नेपालमा पाईने विभिन्न च्याउहरुका बारेमा अनुसन्धान गरि रहेको सहप्राध्यापक भुषण श्रेष्ठले जानकारी दिनुभयो।