काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको आज शुभारम्भ गर्नुभएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरणको शुभारम्भ गर्नुभयो।
प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो रंगशाला निर्माणको घोषणा गर्नुभयो ।






प्रतिक्रिया