२०७३ साल असार ७ गते तत्कालिन उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा बैतडीको कार्यक्रम सकेर डढेलधुरा हुँदै धनगढी फर्कदै हुनुहुन्थ्यो । स्थानीय एक एफएमले समाचार बजायो ‘अफगानिस्तानमा बम हमलामा परी १२ जना नेपालीको ज्यान गयो ।’ थापाका स्वकयि सचिव दामोदर ज्ञवाली सम्झनुहुन्छ, ‘त्यो सुन्ने वित्तिकै उपप्रधामन्त्री थापाले तत्कालिन परराष्ट्र सचिव शंकर बैरागीलाई फोन गरेर अफगानिस्तानको अवस्था बुझ्न तत्काल निर्देशन दिनुभयो ।’
त्यसलगत्तै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस घटनाको जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले मृतकहरुलाई नेपाल एयरलाइन्सबाटै नेपाल ल्याउने र घाइतेको उपचार गर्ने र इच्छुक नेपालीलाई निशुल्क नेपाल फर्काउने प्रबन्ध मिलाउन थापालाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीको निर्देशनमा अफगानिस्तान समेत हेर्ने जिम्मेवारी पाएका पाकिस्तानका राजदूत तिर्थराज अर्याललाई घाइतेको उपचार,अरु नेपालीको सुरक्षा र मृतकको शब व्यवस्थापन गर्न सरकारले तदारुकता देखायो । फलस्वरुप घटनाको तेस्रो दिनपछि ९ असारको दिउसो करिब १ बजे नेपाल एयरलाइन्सको जहाजबाट १२ जनाको शब र २४ जना नेपाली त्रिभूवन विमानस्थलमा उत्रिए । विमानस्थलमा मृतकका आफन्तलाई सान्त्वना दिन स्वयम् प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री थापा विमानस्थल पुग्नुभएको थियो ।
घटना के थियो ?
२०७३ को असार ६ गते । अफगानिस्तानको राजधानी काबुलको बनाय क्षेत्रमा आत्घाती बम आक्रमण भयो । उक्त आक्रमणमा १४ जनाको मृत्यू भयो । त्यस मध्ये १२ जना नेपाली थिए । आतंककारीहरुले नेपाली सुरक्षा गार्ड सवार मिनबिसलाई लक्षित गरेरबम आक्रमण गराउदा ७ जना नेपाली घाइते भएका थिए ।
घटनाको भोलिपल्टै तत्कालिन सरकारले घाइतेको उपचार सुनिश्चत गर्न,मृतकको शव नेपाल पठाउन र अन्य समन्वयका लागि पाकिस्तान स्थित नेपाली राजदूत तिर्थराज अर्याललाई काबुल पठायो । त्यहाँ बारम्बार बम बिस्फोट हुने गरे पनि नेपाली लक्षित आक्रमण पहिलो थियो ।
करिब साता दिन अघि नै संसदमा नेकपा एमालेका सांसद खगराज अधिकारी लगायतले अफगानिस्तानबाट नेपालीहरुलाई उद्धार गर्नुपर्ने धारणा राख्नुभएको थियो । तर सरकारले यसमा कुनै चासो गरेन ।
पाँच वर्षपछि फेरि अफगानस्तिानमा भएका नेपालीलाई संकट आएको छ । तालिवानीहरुले आक्रमण गर्दा त्यहाँ आतंक मच्चिएको छ । तालिवानीहरुले राजधानी काबुलमा कब्जा जमाएका छन् । त्यहाँ रहेका विभिन्न देशका नागरिकहरुलाई सम्बन्धित देशले उद्दार गरेर लगिरहेका छन् । तर नेपालले यस विषयमा कुनै ठोस पहल गर्न सकेको छैन । करिब साता दिन अघि नै संसदमा नेकपा एमालेका सांसद खगराज अधिकारी लगायतले अफगानिस्तानबाट नेपालीहरुलाई उद्धार गर्नुपर्ने धारणा राख्नुभएको थियो । तर सरकारले यसमा कुनै चासो गरेन । आज आतंक उच्च विन्दुमा पुग्दा पनि त्यहाँ भएका नेपालीलाई कसरी उद्दार गर्ने भनेर अहिलेसम्म कुनै ठोस नीति बनाउन सकेको छैन । अफगानिस्तानबाट अमेरिकाले आफ्ना नागरिक फिर्ता लैजादैछ । भारतले पनि नागरिकलाई सुरक्षित ढंगले फिर्ता गराउदैछ । तर नेपाल के गर्ने भन्ने विषयमा अहिलेसम्म अन्यौलमै छ ।
अहिले प्रधानमन्त्री र परराष्ट्र मन्त्री शेरबहादुर देउवा हुनुहुन्छ । उहाँले अफगान घटनाबारे अहिलेसम्म कुनै पहल गरेको सूचना बाहिर आएको छैन । आज संसदको परराष्ट्र समितिमा परराष्ट्र सचिव भरतराज पौडेलले अफगानमा रहेका नेपालीलाई सम्पर्कमा आउने सूचित गर्ने तयारी भइरहेको मात्र जानकारी दिनुभएको छ । परराष्ट्रका अधिकारीहरुका अनुसार प्रधानमन्त्री देउवाले हालसम्म यस विषयमा कुनै चासो व्यक्त गरेर औपचारिक निर्देशन दिनुभएको छैन । अफगानिस्तामा करिब १५ सय नेपालीहरु छन् ।
प्रतिक्रिया