अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीको अवस्था सामान्य, आन्तरिक भेटघाट जारी

एमाले अध्यक्ष ओलीको अवस्था सामान्य, आन्तरिक भेटघाट जारी


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।

हल्का ज्वरो आएपछि शनिबारका औपचारिक कार्यक्रम  बन्द गरिए पनि आन्तरिक भेटघाट जारी रहेको संचार विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो  । अध्यक्ष ओलीले आज बिहान दुईवटा कार्यकर्ताका टोलीसँग भेट गर्नुभएको छ । अहिले स्थायी कमिटी सदस्य विष्णु रिमालसँग भेटघाट गरिहनु भएको छ ।

शनिबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले आयोजना गरेको महानगरस्तरीय बृहत् कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको थियो ।