मकवानपुर- मकवानपुर प्रहरीले १७५ किलो लागुऔषध गाँजा र ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार दिउँसो १२ बजे हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित पालुङबाट बिरगंज तर्फ जाँदै गरेको ना३ख ५९५० नं. को ट्रकलाई चेकजाँच गर्दा १७५ किलो लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ट्रक चालक भिमफेदी गाउँपालिका-९ का ३१ वर्षीय मवहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका-३ का २४ वर्षीय प्रशान्त कार्की रहेका छन् ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया